ढकाल सुमधुर साझ सम्पन्न

August 1, 2018

लाइभ व्याण्डको संगीतमा गायक रामकृष्ण ढकालको एकल साझ न्युयोर्कमा सम्पन्न भयो । ढकाल सुमधुर साझ नामक कार्यक्रममा उनले दर्जनौ चर्चित गीतहरु गाएका थिए । उनको गीतलाई कलाकारहरु शुसिल विश्वकर्मा, प्रमोद उपाध्याय, शिसिर श्रेष्ठ, न्युक्षे नारायण ढंगोल, विष्णु सुनार एण्ड डेविड सुरवि ढकालले लाइभ संगीत दिएका थिए ।

मितेरी ग्रुप हिमालयन इभेन्टद्धारा आयोजित उक्त कार्यक्रम नेपाली महाबाणिज्यदुतबासको बाणिज्यदुत कृषु क्षेत्रीले उदघाटन गरेका थिए । कार्यक्रममा न्युयोर्कको साथै न्युजर्सि, पेन्सेभेनिया, कनेटिकेट र न्युहृम्सरबाट गीत सुन्न आएको जानकारी आयोजक समितिका संयोजक तथा गायक अभय ढुंगेलले बताए ।

सम्बन्धित समाचार