तमु परिवारले डिसेम्बर २८ मा ल्होछार मनाउने

December 1, 2019

गुरुङ समुदायको महान पर्व ल्होछारको अवसर पारेर तमु परिवार न्युयोर्कले डिसेम्बर २८ तारिख न्युयोर्कमा तमु ल्होछार मनाउने भएको छ । तमु परिवारले विगत बर्षहरुमा झै यस पटक पनि गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षणको लागी गुरुङ समुदायको मौलिक कार्यक्रमहरुको साथमा ल्होछार मनाउन लागेको तमु परिवारका महासचिव जेवि गुरुङले बताए ।

‘सम्पुर्ण तमुहरु एक होऔ ,भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ’ भन्ने मुल नाराका साथ मनाउन लागेको ल्होछार न्युयोर्कको उडसाइडस्थित तिब्बतीयन कम्युनिटि हलमा हुने भएको छ । यस पटकको कार्यक्रममा स्थानीय कलाकारहरु ज्योति गुरुङ,मनित गुरुङ,दिपक गुरुङ, अनिश गुरुङको साथमा हस्य कलाकार रुथमान गुरुङसंगै नेपालबाट आएकी जेनिशा मर्हजनको प्रस्तुती हुने भएको छ ।

सम्बन्धित समाचार