तमु ल्होछार विभिन्न सास्कृतिक कार्यक्रमसाथ मनायो ।

January 1, 2019


मच्छे गुरुङ, न्यूयोर्क ।
गुरुङ, तमु समुदायको महान पर्व तमु ल्होछार २०७५ विभिन्न साास्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बाषिर्क रुपमा मनाउदै आएको ल्होछार गत डिसेम्बर २९ तारिख क्वीन्सस्थित फाइव स्टार हलमा विभिन्न मौलिक साास्कृतिक कार्यक्रम साथ मनाएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष कुकुर बर्ग अर्थात खिल्हो वर्गको विदाइ गर्दै फो ल्हो अर्थात मृग वर्गको स्वागत गर्दै मनाएका हुन् ।

कार्यक्रममा उपस्थित विशेष अतिथि तथा जेष्ठ नागरिक क्याप्टेन याम बहादुर गुरुङले पानसमा दिप प्रज्वलन गरेर औपचारिक रुपमा ल्होछारको उद्घाटन गरि सबैको सुस्वास्थ्य, समृदि तथा र शान्तिको शुभकामना तथा आशिर्वाद दिएका थिए । कार्यक्रममा नेपाली कन्सुलेट न्यूयोर्कका वाणिज्यदुत कृषु क्षेत्रीले, ल्होछार पर्वको शुभकामना दिंदै, प्रवासमा आएर पनि यस्तो ल्होछार कार्यक्रम आयोजना गरि नेपालको प्रतिनिधित्व गर्दै विविध जातिय, भाषिक, साास्कृतिक पहिचानलाई जगेर्ना गर्न नेपाललाई अन्तराष्टिय स्तरमा चिनाउन ल्होछारले मद्दत पुरयाएको भन्दै प्रशंसा व्यक्त गरेका थिए । विदेशमा हुदै आएका यस्ता सास्कृतिक तथा मौलिक परम्पराको कार्यक्रमले नया पुस्तालाई हस्तान्तरण गर्न र संस्कृतिलाई निरन्तरता दिन सघाउ पुर्‍याएको धारण क्षेत्रीले गरेका थिए ।
कार्यक्रममा गुरुङ समाजका अध्यक्ष पदम बहादुर गुरुङले, ल्होछारको शुभकामना दिदैं, ल्होछार पर्वले गुरुङहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृति र पहिचानलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए । ल्होछार पर्वले, तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै अध्यक्ष गुरुङले, सम्पूर्ण तमुहरुलाई एकजुट भएर लैजान गुरुङ समाज सधै तयार रहेको भन्दै एकजुट हुन आव्हान गरे । यस्तै आदिवासी जनजाति महासंघ फिप्नाका वरिष्ठ उपाध्यक्ष राज कुमार विष्टले फिप्ना राजनीतिक संस्था नभई जातिय पहिचानको वकालत गर्ने संस्था भएको र गुरुङ समाज फिप्नाको सदस्य संस्था रहेको भन्दै ल्होछार पर्वको शुभकामना व्यक्त गरे । कार्यक्रममा, उपाध्यक्ष सिद्दार्थ गुरुङले उपस्थित सबैलाई स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा समाजको आजीवन सदस्य बनेका तीन जना जंग बहादुर गुरुङ तथा कविता गुरुङ , अजय गुरुङ तथा पुष्पा गुरुङ र डा. महेश गुरुङ तथा मीना कुमारी गुरुङ लाई प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त अवसरमा समाजले चीत्र गुरुङलाई विशेष सम्मान र संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङलाई प्रेजिडेन्ट अवार्डबाट सम्मान गरेको थियो । कुनै स्वार्थ विना समुदायका सदस्यहरुलाई परेको अप्ठेरोमा अहोरात्र खटेर समुदायलाई सहयोग गरेको भन्दै चित्र गुरुङलाई सम्मान गरेको समाजले जनाएको छ । त्यस्तै, संस्थाको स्थापनाकालदेखि आज सम्म पनि समाजलाई पुरयाएको अतुलनीय योदानको कदर गर्दै भन्दै अवार्ड पदान गरिएको अध्यक्ष पदम गुरुङले बताए । समाजले प्राध्यापक डा. गणेशमान गुरुङलाई देश विदेशमा रहेका गुरुङहरुलाई एकता गर्न सफल भएको र उहााको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो । साझ ८ बजेदेखि बिहान २ बजेसम्म चलेको कार्यक्रममा विभन्न स्थानिय कलाकारहरुले विभिन्न मौलिक, साास्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा, गुरुङहरुको मौलिक, साास्कृतिक, परम्परागत नृत्य कौडा लगायत नृत्य प्रस्तुत गरिएको छ । कार्यक्रममा, यस बर्ष समाजको आजीवन सदस्य बनेका ५ जनालाई प्रमाण पत्र र ब्याजले सम्मान गरेका थिए । गुरुङहरुको मौलिक पोशाकलाई लगाउन प्रोत्साहन गर्ने उद्देश्यले, १८ बर्ष भन्दा कम उमेरका २ जना बालबालिकालाई उत्कृष्ट पोशाकको पुरस्कार प्रदान गरिएको थियो । ८ बषिर्या बालिका शेइला गुरुङ र बालक तर्फ ७ बर्षका केभिन गुरुङले उत्कृष्ट पोशाकको पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, मिस नेपाल नर्थ अमेरिकाका उपाधी विजेता मोनिका घलेलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो र त्यस्तै, राफल टिकट पुरस्कारमा पहिलो हुनेले आइप्याड, दोश्रो हुनेले एप्पलको हेडफोन र तेश्रो हुनेले वायरलेस स्पीकर प्राप्त गरेका थिए ।

सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराका साथ मनाएको ल्होछार गुरुङ जातिले विभिन्न १२ ओटा जीवजन्तुहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नया बर्षको रुपमा ल्होछार मनाउने गर्छन् । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाा हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयाा बर्षको रुपमा मनाउने चलन छ ।
गुरुङ जातिले हरेक बर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रम साथ ल्होछार मनाउदै आएका छन् । तमु ल्होछार देश तथा विदेश सबैतिर बसोबास गर्ने गुरुङहरुले मनाउदै आएका छन् । नेपालमा हरेक बर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउदै आएको छ । समाजले आयोजना गरेको ल्होछारमा, १२ बर्ष मुनिका बालबालिका र ६५ बर्ष भन्दा माथिका वृद्दवृद्दाहरुको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । कार्यक्रममा समाजले बर्षभरी गरिने विभिन्न महत्वपूर्ण कार्यक्रम समेटर तयार पारेको बर्ष क्यालेन्डर २०१९ पनि सार्वजनिक तथा वितरण गरिएको थियो ।

 

 

 

 

 

 

सम्बन्धित समाचार