तामाङ सोसाइटीले मनायो सोनाम ल्होछार

February 5, 2019

तामाङ सोसाइटी अफ नर्थ अमेरिका न्युयोर्क च्याप्टरले गुल्सन टेरेसमा सोनाम ल्होछार विशेष कार्यक्रमको साथ मनायो । नेपाली महाबाणिज्यदुताबासका नायव महाबाणिज्यदुत पुष्प भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले बुद्धको प्रतिमामा बत्ति बाली उदघाटन गरेका थिए । दिउसो १ देखि शुरु भएको ल्होछार कार्यक्रम तीन चरणमा भएको सोसाइटीका न्युयोर्क च्याप्टरका महासचिव दिपेन्द्र लामाले बताए । पहिलो चरणमा तामाङ समुदायको मौलिक लोक सस्कृति जगेना गर्ने फेसन सो, टुङना र डम्फुको गीत संगीतहरु प्रस्तुतीहरु भएका थिए ।

त्यस्तै दोश्रो चरणको कार्यक्रम सोसाइटीको न्युयोर्क च्याप्टरकी अध्यक्ष गोमा योन्जनको सभापतित्वमा औपाचारिक कार्यक्रम भएको थियो । न्युयोर्कका विभिन्न समुदायको उपस्थिति रहेको कार्यक्रममा तामाङ समुदायका कलाकारहरुले मौलिक गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए भने साथमा कलाकारहरु शिशिर श्रेष्छ , न्युच्छे ढंगोल, अभय ढुङगेल, रामसिंह र श्याम नेपालीको प्रस्तुती रहेको थियो । कार्यक्रममा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लामाले ल्होसारको शुभकामना दिएका थिए । सोसाइटीको न्युयोर्क च्याप्टरको महासचिव दिपेन्द लामाद्धारा सञ्चालन गरेका कार्यक्रममा संयोजक कुन्साङ लामाले सबै अतिथिहरुलाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार