तामाङ सोसाईटी अफ न्युयोर्क गठन; संयोजकमा छेमाङ थोकर

December 22, 2017

न्यूयोर्क । छेमाङ थोकरको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिती बनाई तामाङ सोसाईटी अफ न्युयोर्कको गठन भएको छ । तदर्थ समितीमा प्रेम थोकर उपसंयोजक र अमर तामाङ सदस्य-सचिव रहेका छन् । तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष तथा उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजक तदर्थ समितीको संयोजक शान्त थोकरको अध्यक्षतामा सोसाईटीका संस्थापक अध्यक्ष, सल्लाहकारहरु, पुर्व अध्यक्षहरु तथा पुर्बमहासचिवहरु समेत सम्मिलित आज बसेको बैठकबाट वृहत छलफल गरी तामाङ सोसाईटी अफ न्युयोर्क गठन भएको सूचना सोसाईटीले जारी गरेको छ । साथै बैठकबाट पुर्व सुचित डिसेम्बर २४ तारिक शेर्पा किदुग हलमा राखिएको गठन प्रकृया समेत रद्द गरिएको उल्लेख गरिएको छ ।

नवगठीत तदर्थ समितीले ६ महिनाभित्र प्रकृया पुराई पहिलो अधिवेशन गर्ने भनिएको छ ।

तामाङ सोसाइटी अफ अमेरिकाको नयाँ शाखा न्यूयोर्कमा गठन हुने पुर्व सन्ध्यामा नेतृत्वमा जानका लागि दुईजना आकांक्षी देखिएका थिए । गत शनिबार प्रेम थोकरले र आईतबार छेमाङ थोकरले आ-आफनो आकांक्षा प्रस्तुत समेत गरेका थिए ।

अग्रज तामाङहरुको अनुरोध, आम तामाङ समुदायको भावना र उत्तर अमेरिकी तामाङ सम्मेलनको मर्मलाई समेत मध्यनजर गरी मिलेर जान सहमत भएको उपसंयोजक प्रेम थोकरले  बताए । पक्ष विपक्ष भएर जानु भन्द आपसी सहमतीमा जाँदा एकताको भावना बढी देखिने बताउँदै संयोजक छेमाङ थोकरले अव दुवैजनाको सामर्थ्यमा गरिने कृयाकलापहरु बढी समुदायमुखी र प्रभावकारी हुने एभरेष्ट टाईम्ससँगको संक्षिप्त कुराकानीमा सुनाए । पदीय दायित्व निभाउँदै काम गरेर देखाउँदा आफूलाई सन्तुष्टी हुने उल्लेख गर्दै उनले सम्बन्धित सबैसँग सहयोगको अपेक्षा राखेको बताए ।

नवगठित तदर्थ समितीमा निम्नानुसार पदाधिकारीहरु रहेका छन् ।

संयोजक- छेमाङ दोर्जे थोकर
उपसंयोजक- प्रेम थोक़र
सदस्य सचिब – अमर तामाङ
सदस्य- सुवाश लामा स्याङबो
सदस्य- राम तामाङ
सदस्य- सूर्य पाख्रिन तामाङ
सदस्य- बुध्दीमान तामाङ

सम्बन्धित समाचार