तीजको सांस्कृतिक महत्व

August 31, 2019

राधा पौडेल
नेपाली हिन्दू नारीको सांस्कृतिक पर्व तीजको आगमानसंगै घरआगान शहर बजार जतासुकै ‘ तीजको लहर आयो बरिलै …।” यो गीत गुन्जिन्छन । तीज प्राचीन कालदेखि चलिआएको महत्वपुर्ण पर्व, उत्सव हो । यसलाई ऋतुकालीन पर्वगीतले उल्लासमय तुल्याएको छ । यसले एकातिर मनोरञ्जन प्रदान गरेको छ भने अर्को्तिर कोमल नारीमनमा पारेको मर्मस्पर्शी पीडा, दु:ख, कष्ट र कुण्ठाहरुलाई पोखिरहेको छ । उनीहरुका कर्मशील जीवनको सङ्घर्षमय कथा भनिरहेको छ । हिन्दूहरुका आराध्यदेव शिवको आराधना, आफनो सौभाग्यप्राप्तिको कामना, पुरुषवर्गप्रतिको समर्पण भाव, नारीमनको उदारता र प्रणयभाव समेत मुखरित भएको यस पर्वले आज धार्मिकताबाट सामाजिक स्वरुप धारण गर्दै गएको छ र सांस्कृतिक महत्वलाई उचालेको छ ।

ऐतिहासिक परिप्रेक्ष्य

तीज, तृतीयाबाटनै आएको शब्द हो । बर्षनी भाद्र शुक्ला तृतीयामा यो पर्व पर्दछ । यसलाई हरितालिका पनि भनिन्छ । यो पर्व शिव र पार्वतीको पौराणिक प्रणयकथासित जोडिएको छ । पार्वती शिवलाई चाहन्थिन् तर उनको विवाह विष्णुसित हुने चर्चाले उनी विह्वल बनिन् । उनका सागिनीहरुले उनलाई घरबाट हरेर जङ्गलबीचको गुफामा पुर्‍याउछन् र विह्वल पार्वतीलाई प्रसन्न तुल्याउन, मनोरञ्जन प्रदान गर्न भजन, कीर्तन, गायन, नृत्य आदि गर्छन् । पार्वतीले पनि निराहार शिवको आराधना गर्छिन शिव प्रसन्न हुन्छन् र उनीहरुको प्रणयपूर्ण दाम्पत्यजीवन सुरवात हुन्छ । यहि कथा तीजसित जोडिएको कथा हो । सागी (आली)हरुले हरण गरेर लगेकाले हरितंआलींका प्रकृति प्रत्ययबबाट व्युत्पन्न भई हरितालिका भएको कुरा तीजको व्रतकथामा उल्लेख पाइन्छ ।

शिवको आराधना पौराणिक कालमा मात्र नभई लिच्छविकालमा पनि भएको पाइन्छ । मानदेवकी छोरीले संवत् तीन चार सयतिर शिवलिङ्ग स्थापना गरेको उल्लेख जगदीशचन्ऽ रेग्मीले गरेका छन् । मध्यकालका मल्ल राजाहरुले पनि शिवको आराधना गरेको उल्लेख पाइन्छ । तर चाडपर्वको रुपमा भने तीजको उल्लेख लिच्छविकाल र मध्यकालमा पनि कतै भएको पाइन्न । आधुनिक कालमा आएर मात्र तीजलाई हिन्दू नारीहरुको पर्वको रुपमा मान्न थालिएको पाइन्छ । सामाजिक इतिहास लेख्ने चलन नभएको नेपाली परिप्रेक्ष्यमा प्राचीनकालदेखि नै थिचोमिचोमा पर्दै आएका नेपाली नारीहरुको पर्वलाई कसले उल्लेख गरोस् र ।

तीजका पुराना गीतहरु हेर्दा आजभन्दा सय वर्ष जति अघि देखिको मात्र सामाजिक परिवेश प्रस्तुत भएको देखिन्छ ।

‘उर्लदी नदीमा ढल्कादी डुङ्गिया
मरन लेख्यो मलाई नदी बीचैमा”

यसमा प्रयोग भएको भाषा पुरानो छ । यहाा मर्नलाई मरन लेखिएको पाइन्छ । यो पुल पुलेसा बन्नु अघिको नेपाली समाजको चित्रण हो र त्यसकै मर्मस्पर्शी अभिव्यक्ति हो ।

तीजको विकासक्रम
तीजको संस्कृति हिन्दू संस्कृति हो । यसलाई लोकसंस्कृति पनि भनिन्छ । तर आज यो लोकसंस्कृतिबाट माथि उठेर नारीहरुको राष्ट्रिय संस्कृति बनेको छ । तीजको प्रारम्भ धार्मिक भावनाले ओतप्रोत भएको पाइन्छ । त्यसैले तीजको प्रारम्भमा यस्ता गीतहरु गाइन्थे ।
‘भगवानलाई भेट्न जादा के के समान चाहिन्छ
एकुमा चाहिन्छ श्रीखण्ड चन्दन एकुमा चाहिन्छ फुलेको फूल ’ ।
त्यसपछि यो प्रणयमुखी भयो । प्रश्नउत्तरको रुप लियो ।
पत्नी :‘ पृथिवीका पल्ला छेउमा हाम्रा बाबा छन रे
म त जान्छु स्वामी राजै बाबा भेटन’
पति : ‘कौना बेला जाउली कौना बेला आउली
कौना बेला गरौली देवतीको ध्यान’
उसमा प्रयुक्त भएको भाषाले यो पुरानो तीजे गीत हो भन्ने बुझाउाछ तर भतिmकाल भन्दा यताको शृङ्गारकालको यो गीत भन्ने पनि बुझाउाछ ।
यसपछि नारीवेदनाको प्रस्तुति सुरु हुन्छ – ‘ सिरफुलको प्रसङ्ग, सौतेनी रापको प्रसङ्ग, सासू ससुरा, नन्द आमाजु, जेठानी, देउरानीका अन्याय, अत्याचार, अमानवीय व्यविहार, श्रीमन्हरुको परदेशगमन, नारी अधिकार, लैङ्गिक चेतना इत्यादि विषयवस्तुमाथि तीजको गीतको प्रस्तुति हुन थाल्छ । केही समसामायिक अभिव्यक्तिहरुलाई हेरौ
क) ‘ शिरफूल लाएको घरबाट आएको
भित्र पनि आइनौ छोरी के छ मनमा ’ ?
ख) ‘ कस्तो हुन्छ मेरा बाबा तप्केनीको खेती
उस्तै हुन्छ मेरा बाबा सौते घरमा । ’
ग) ‘कस्तो घर हेरेर दिनुभयो बाबाले
लाउन खान दिादैनन् छुच्चा जाबाले
जेठाजु र जेठानी कुरा लाउाछन् फतुर
शिरको सिंदुरको दिने स्वामी भए सतुर’
घ) ‘पारी पाखा सेतै भो सिमलुको भुवाले
छोरा जति परदेश गए भन्छन् बुबाले ’

यसको साथसाथै समयक्रमसागै नारीहरुमा राजनैतिक चेतनाको विकास हुन थाल्यो खासगरि पञ्चायती व्यवस्थाको विरुद्धमा महिलाहरुले यस्ता प्रकारका गीतहरु गाउन थाले ।

‘ दैलामुनी फूल फूल्यो चम्रीगाईले खानेछ
पञ्चायती व्यवस्थाको पैरो जाने छ ।
पञ्चायती व्यवस्थाको राज्यकाल खतरा
थरीथरी हड्तालले हाने झटारा ।’

यसरी राजनैतिक चेतना संगसगै शैक्षिक जागरणका गीतहरु पनि विस्तारै आउन थाले ।
‘ नपढेकी छोरीलाई पढेकालाई दिनु भो
म छोरीको बाबाले पापै लिनु भो
स्वामीज्यूले माग्नु भयो अग्रजीमा वाटर
नबुझेर दिए मैले कांचो कटर ’
‘ हामीलाई नि सुहाउछ आई.ए.बी.ए.पढन
हाम्रो पनि हक छ अघि बढन । ’
‘ कति विकास गरिसके विदेशका नारीले
हामीलाई त छोडेन घांसको भारीले ’

यसरी समाजको विकासको क्रमसगै गाइएका तीजका गीतमा अहिले आएर भने विकृति र विसंगतिले नराम्रो जरा गाडेको छ । स्वतन्त्रका नाउामा छाडातन्त्रको हावी भएको छ । मानवीय संम्वेदना हराएको छ, गीतहरुमा उच्च मादकता छ ।
‘ पोइल जान पाउ शिव पोइल जान पाउ
अहिलेकै तीजमा पोइल जान पाउा । ’

‘ गोजीमा गााठ भाको मनमा आाट भाको
यत्तिको मर्द भेटिन्न नी कोहि ’
‘ पल्ला घरे लाउरेले लान्छ अरे बाइ
अचम्मै राम्रो नाच्छ मोराले ’

यसप्रकारका कलाहीन विकृत गीतहरु सरकारी सेन्सर विना नै बाहिर आइसकेका छन् । मिडियाले धुमधाम यस्तै गीतको प्रचार गरिरहेका छन् ।

सांस्कृतिक महत्व
अर्कोतिर तीजको सांस्कृतिक महत्व आफैमा कति छ भन्ने कुरा स्वत: अनुमान गर्न सकिन्छ । वास्तवमा तीजलाई नारीमुखी, जनमुखी, सांस्कृतिक महत्वको पर्वको रुपमा विकास गर्नुपर्ने खााचो छ किनभने आधा आकाशलाई ढाकेका महिलाहरुको पर्व तीजको सांस्कृतिक महत्व आफौ मुखरित भएको छ ।

तीजको संस्कृतिले समाजमा पारेको प्रभाव
तीजको संस्कृतिले व्यापकता लिदौ गएको छ । यसको निरन्तर विस्तार भइरहेको छ । शुरुदेखि अहिलेसम्म यो परिवर्तन हुदै पनि आएको छ । समाजप्रतिको परिवर्तन हुदै जाने यसको चरित्र रहेको छ । धार्मिक क्षेत्रबाट शृङ्गारको र यसबाट सामाजिक र क्रान्तिकारी क्षेत्रमा फड्को मार्दै आएको तीजको संस्कृतिले अहिले भने केही बाटो बिराए जस्तो छ ।
तीजको संस्कृतिले धर्म र रुढिबादी चिन्तनलाई छोड्दै जानु त उत्साहजनक कुरो हो तर पुरानो छोड्ने क्रममा कतिपय उपयोगी कुराहरु पनि छोड्दै जाने र नयां पनि केहि नासिने कुराहरुले कुनै चिन्तनधारालाई पक्रिन सक्तैनन् ।
तीजले समाजमा राम्रा नराम्रा दुबै प्रभाव छोडेको छ ।

यसका सकारात्मक प्रभावहरु
१. तीजकै कारणले नारीहरु सामूहिकतातर्फ उन्मुख भएका छन् ।
२. नारी अस्मिताबोध गराउन तीज निकै सफल भएको छ ।
३. तीजको माध्यमबाट नारीपीडाका नाडीउत्पीडनका जुन कुराहरु समाज अगाडि आए यसले
समाजशास्त्रीहरुलाई नारीमनोविज्ञान बुभ्न पनि सघाएको छ ।
४. समाजका सांस्कृतिक रुपान्तरणमा पनि तीज माध्यम बनेको छ ।
यसका नकारात्मक प्रभावहरु
१.धार्मिक प्रवृति विखण्डन भएको छ ।
२. तीज खाने, लाउने र औपचारिक कार्यक्रममा सीमित हुदै गएको छ ।
३. पहिले भाद्र तृतीयादेखि पञ्चमीसम्मको ३ दिने तीज हुन्थ्यो, अहिले श्रावणदेखिनै शुरु हुन्छ र एक
महिना जस्तो तीजको चहलपहल हुन्छ ।
क) तीजको मौलिकता हराउदै छ ।
ख) तीज दिनानुदिन महागो बन्दै छ ।
ग) तडक भडक बढ्यो । भोजभतेर बढ्यो ।
घ) मध्यमवर्गका महिलाहरु यसबाट अत्यधिक प्रभावित छन ।
ङ) देखासिकीगर्ने प्रवृति बढ्यो । ढोंगी मनोवृति बढ्यो ।
च) तीजका गीतहरुले रत्यौलीलाई पनि नाघ्यो ।
छ) उच्च संस्कृति तर्फ जाने बाटो नै अवरुद्ध भयो ।

नारी जागरणका निम्ति तीज एउटा सशक्त माध्यम हो । तीज बाहेक अरु कुनै पनि चाडपर्वहरुले नारीलाई यति सङ्गठित हुने अवसर दिादैन । नारीलाई घरको चुल्होचौकोबाट सडकसम्म निकाल्न, समानता, स्वतन्त्रता र उन्मुक्तिका भावनाहरुलाई आत्मसात् गर्न, सामाजिन उत्पीडन, लैङ्गिक विभेद, जातीय विभेद, छुवाछुत, परम्परागत घरायसी अन्याय, अत्याचार, शोषण, दमन, पुरुषहिंसादेखि चेलीबेटी बेचबिखनसम्मका यावत् सामाजिक, राजनैतिक, आर्थिक माखेजालोबाट मुक्त हुन र न्यायपूर्ण, स्वतन्त्र र समाजबादी समाज निर्माणर्थ उच्च जीवनमूल्य भएको, सुन्दर शोषणरहित समाजको निर्माणमा समेत नारीवर्गलाई जागृत हुन, सङ्गठित हुन, सचेत हुन, कर्मशील बन्न र स्वाभिमानी र सिर्जनशील बन्ने बाटोमा लाग्नका निम्ति तीजको समुचित उपयोग गर्नु मनासिव देखिन्छ । यसका निम्ति निम्नकार्यहरु गरिनु जरुरी छ ।

क) यस ऋतुकालीन सांस्कृतिकपनको अध्ययन, अनुसन्धान, लोकसाहित्यको सङ्कलन । लोक साहित्य
सङ्कलन मात्र गर्न सकिन्छ । त्यसलाई नाफाको विषय बनाइनु हुन्न । बनाउनेहरु माथि बौद्धिक
हस्तक्षेप गरिनुपर्छ । शिष्ट साहित्य रचेर, लोकसाहित्यलाई विकृतरुपमा प्रयोग गरेर वैयक्रिक
नाफाको कुरो बनाइनु बहुराष्ट्रिय कम्पनीले गरेजस्तै कार्य हो ।
ख) यसका रुपहरुको क्रान्तिकारी उपयोग गरिनु पर्छ ।
ग) लोकसंस्कृतिको अध्ययन, लोकसंस्कृतिको अग्रगामी कुराहरुको अवलम्बनलाई जोड दिनुपर्छ ।
घ) संस्कृतिको अध्ययन, सांस्कृतिक रुपान्तरणका लागि सांस्कृतिक साधनहरु खोज्नुपर्छ ।
ङ) लेखन गायन, नृत्य, सांस्कृतिक सभाहरु, विचारगोष्ठीहरु गरिनु आवश्यक छ ।

मुख्य कुरो लोकसंस्कृतिको संरक्षणका निम्ति, सङ्कलन, गायक, नर्तक, निर्देशक, फिल्म निर्माता सबैले राजनैतिक पार्टीका जनवर्गीय सङ्गठनहरुबाट छानिनुपर्छ किनभने जतिसुकै बदनाम भए पनि राजनैतिक पार्टीका तल्ला तहका कार्यकर्ता जत्तिको इमानदार मानिसहरु अन्त छैनन् । अरु त धन्दावाला, व्यवसायवाला, पसलवाला मात्र हुन् । त्यसो भएकाले बहुराष्ट्रिय कम्पनीहरुले हाम्रा लोकगीतहरुमा पेटेन्ट राइटके टााचा लगाउनु अघि नै हामी यस दिशामा सचेत हुनुपर्छ ।

अन्तमा लोकगीतको रचना मस्तिष्कबाट होइन ह्दयबाट हुन्छ भन्ने विचार मान्ने हो भने लोकगीतका रचनाकार नारीहरु नै हुन् । ग्रामीण जनसमूहनै हुन् । नारी आमा हुन् । ‘ कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति भन्ने कुरालाई याद गराौ ’ ।
‘ द्यौताले पनि ढोग्ने नै भए छाती हो आमाको
वैकुण्ठभन्दा ठूलो केही भए काख हो आमाको । ’

सम्बन्धित समाचार