‘ चुम्लुङ साझ ‘ मा दिपक लिम्बुको एकल प्रस्तुती हुने

November 21, 2017

न्युयोर्क- ‘शिक्षाको लागी संगीत’ भन्ने नाराको साथ किरात याक्थुङ चुम्लुङ अमेरिकाले पहिलो नेपाली तारा विजेता गायक दिपक लिम्बुको साथमा ‘चुम्लुङ नाइट’ सास्कृतिक कार्यक्रम आयोजना गर्ने लागेको छ । आगामी डिसेम्बर ९ तारिखको साझ हुन लागेको उक्त कार्यक्रममा गायक लिम्बुको एकल गायन तथा विविध सास्कृतिक कार्यक्रम हुन लागेको चुम्लुङले जनाएको छ । कार्यक्रम गुल्सन टेरसमा हुने भएको छ ।

उक्त कार्यक्रमबाट उठने रकम नेपालको पुर्वी पहाडी जिल्ला ईलामको चुलाचुली गाउपालिका वडा नं १ मा अवस्थित चुलाचुली माध्यमिक विद्यालयको पुस्तकालय निर्माण तथा सञ्चालनको लागी सहयोग गर्ने भएको चुम्लुङको अध्यक्ष दिपेश लिम्बुले जानकारी दिएको छ । त्यस्तै सस्थाले अमेरिकामा स्थानीय रुपमा भाषा सम्बन्धीत भासिक रुपमा आधारभुत कक्षा सञ्चालन गर्नेका लागी पनि उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । प्रवासमा रहेकेा लिम्बु जातीको सस्था चुम्लुङले आफनो भाषा, धर्म र सस्कृतिको जर्गेनाको साथै वेला बेलामा विभिन्न सामाजिक कार्यहरु गदै आएको जनाएको छ ।

सम्बन्धित समाचार