नाम्चेको समाजसेवि शेरब जाङबुको निधन ।

June 9, 2018

सोलुखुम्बु नाम्चे बजारको सामाजिक अगुवा, समाजसेवि तथा असाध्यै मिलानसार पर्यटन व्यवसायी शेरब जाङबु शेर्पाको असामायिक निधन भएको छ । आफनो गाउ नजिकै थामोमा सञ्चालित बिपास्ना धर्म सेन्टरमा ध्यान गर्ने क्रममा उनी अस्वस्थ भई तत्काल राजधानीस्थित ग्राण्डी अस्पतालमा उपाचारको लागी पुर्‍याएका थिए । उपाचार क्रममा उनको बिहिबार विहान ग्राण्डी अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

उनको निधन लगतै धर्म सागार विपस्ना सेन्टरले एक असल साथी मात्र होइन समाजको ज्यादै आदारणिय अगुवा गुमाएकोमा दुख व्यक्त गदै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।  एक छोरा र एक छोरिका पिता उनी नाम्चेस्थित चर्चित पनोरामा होटल तथा लजका मालिक हुन । नाम्चेमा पर्यटन व्यवसायकै क्रममा उनले सामाजिक सेवाको भावना अनुरुप विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोगहरु गदै आएका छन । उनी नाम्चे गुम्बा व्यवस्थापन समितिको सस्थापक अध्यक्ष एवं गुम्बाको मुख्य जिम्मेवारी व्यक्ति हुन भने नाम्चे स्वस्थ्य केन्द्र र नाम्चे विद्यालयको सल्लाहकारको रुपमा रहेको छ ।

सम्बन्धित समाचार