निर्मला बलात्कार हत्याको प्रतिवेदन बुझायो ।

September 26, 2018

कन्चनपुरकी १३ बर्षिय निर्मला पन्तलाइ बलात्कार गरि हत्या गरिएको घटनाबारे गठित छानबिन समितिले मंगलबार गृहमन्त्रि रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री थापालाई मगलबार प्रतिवेदन बुझाएको थियो ।

कञ्चनपुर घटनाको बारेमा सत्यतथ्य रुपमा छानवीन हुन नसकेर विवादस्पद बन्दै गएपछि गत भदौ ७ गते सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव मैनालीको नेतृत्वमा पाच सदस्य छानबिन समिति गठन गरेको थियो । करिब महिना दिन लागेको छानवीन समितिको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ ।

सम्बन्धित समाचार