नेजा कार्यसमिति सदस्य र कानुनी सल्लाहकार नियुक्त

January 28, 2019

नेपाल अमेरिका पत्रकार संघ नेजाको पाचौ बैठकले अमेरिकामा रहेका नेपालीहरुको आधिकारिक छाता संस्था गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्यता आवेदनको लागी यथाशक्य सहयोग गर्ने निर्णय गरेको जनाएको छ । नेजाको महासचिव किरण मराहट्टद्धारा जारी प्रेश विज्ञाप्तीका अनुसार नेजा र एनआरएनए अमेरिकाको सम्बन्धलाइ थप मजबुत बनाउदै प्रवासका नेपालीहरुको सर्वाधिक शक्तिशाली संस्थालाइ अझ मर्यादित , पारदर्शी, सहभागीतामुलक र प्रभावकारी बनाउने अभियानमा उत्प्रेरक बन्ने उदेश्यले सदस्यता वितरण कार्य अघि बढिरहेकोले यो अभियानमा सहगोग गर्ने अमेरिकामा सक्रिय सञ्चारकर्मी तथा सञ्चारगृहहरुलाइ अनुरोध गरिएको छ ।

गत जनावरी २७ आइतवार सम्पन्न उक्त बैठकले नेजाको कार्यसमितिमा रिक्त रहेको सदस्यमा बोष्टनका पत्रकार दिनेश कार्कीलाइ बैठकले सर्बसम्मतले नियुत्ति गरेसंगै १७ सदस्य कार्यसमितिले पुर्णता पाएको जनाएको छ । रिक्त सदस्यमा यस अघिनै पत्रकार प्रतिमा बाास्कोटा र क्यान्डाको क्षेत्रिय संयोजकको रुपमा पत्रकार यम घिमिरेलाइ नियुक्ती गरेको जनाएको छ । त्यस्तै नेजाले कानूनी सल्लाहकारमा न्युयोर्कस्थित कानुन व्यवसायि बासु फुलारालाइ नियुक्त गरेको समेत जनाएको छ ।

सम्बन्धित समाचार