नेपालको पर्यटन विकासका लागि एनआरएनए अमेरिकाद्वारा सरकारलाई ११ बुँदे सुझाव

January 2, 2020

भिजिट नेपाल २०२० को घोषणासंगै नेपालको पर्यटन विकासका लागी एनआरएनए अमेरिकाले सरकारलाई ११ बुँदे सुझाव पेश गरेको छ । नेपालमा आउने पर्यटकको लागी विमानस्थल सुधार, पुर्वाधार निर्माण, शान्ति सुरक्षा लगायतका ११ बुदे सुझाव पेस गरेको छ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, महासचिव पशुपति पाण्डे र व्यापार तथा पर्यटन प्रवर्द्धन समितिको संयोजक आङजाङबु शेर्पाले संयुक्त रुपमा हस्तक्षर सहितको सुझाव पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई सम्बोधन गरी पठाएका छन ।

सुझाव पत्रमा नेपालमा पर्यटन क्षेत्रका विकासका लागि तत्काल विमानस्थल तथा सडकमार्गहरु सुधार, पर्यटक लुटिने तथा चन्दा उठाइने गरिएकोले शान्ति सुरक्षाको ग्यारेन्टी, कुनै पनि पर्यटक बिरामी, दुर्घटनामा घाइते भएकोमा तत्काल उद्धारको व्यवस्थापन गराउनु पर्ने उल्लेख छ । साथै काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त सेल्फ इन्ट्री मेसिन राखिनु पर्ने, पर्यटक हटलाइनको व्यवस्था गराउन सुझाव दिइएको छ ।

यसैगरी, होटल तथा लजहरु कमजोर व्यवस्थापन, मिति सकिएका खाद्यवस्तुहरु तथा पसलहरुमा जथाभावी मुल्य कायम गर्ने कार्यहरु रोक्ने, पर्यटकीय क्षेत्रका होटल, रेस्टुरेन्ट तथा पसलहरुको नियमित अनुगमन, नेपाल आउने पर्यटकहरुले ट्रेकिङ कम्पनीबाट गाइड वा भरिया लिने व्यवस्था गर्नुपर्ने, नया पर्यटकीय गन्तव्य तथा पदमार्गको खोजी तथा प्रचारप्रसार गरिनु पर्ने, कुनै पनि देशबाट आउने पर्यटकलाई आवश्यक व्यक्तिगत जानकारी र उसको राहदानी -पासपोर्ट)को कपी अनलाइन सबमिट गरेर पर्यटक ई-भिसा उपलब्ध गराउनु पर्ने सुझाव पनि दिइएको छ ।

एनआरएनले पठाएको सुझाव यस किसिमको छ ।

सम्बन्धित समाचार