नेपाली अमेरिकी समुदायमा कोरोना विरुद्ध सचेतना र सहयोगको लागी समिति गठन

March 24, 2020

नेपाली जनसम्पर्क समिति,अमेरिकाले हितमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण विरुद्ध लडन नेपाली अमेरिकी समुदायको हितमा कानुन व्यवसायी र चिकित्सकहरुको सहभागितामा सहयोग र परामर्श समिति गठन गरेको जनाएको छ । कोरोनाको सम्भावित खतराका कारण बेरोजगार भएका नेपाली समुदायका सदस्यहरुले यो अवस्थामा प्राप्त गर्न सक्ने सरकारी सहयोगका लागि निस्शुल्क परामर्शका लागि कानुनी सहायता समिति,राज्यस्तरीय तहमा स्थानीय संघ,संस्था र सरकारी निकायसंग समन्वय गर्न स्थानीय समुदाय समन्वय समिति र समितिका तर्फबाट गर्नसक्ने सहयोगका लागि आर्थिक समिति समेत गठन गरेको विज्ञाप्ती मार्फत जनाएको छ ।

पछिल्लो समय अमेरिकामा कोरोना संक्रमण तीव्र रुपमा फैलदै गएपछि समितिको सोमवार बसेको केन्द्रीय समिति र च्याप्टर समितिको सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा बसेको आकस्मिक संयुक्त कन्फेरेन्स कल बैठकले यो निर्णय गरेको जनाएको छ ।

नेपाली समुदायमा स्वस्थ्य सम्बन्धीत आवश्याक परामर्स र सहयोगको लागी समितिका सल्लाहकार डाक्टर विनोद शाह,एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल, डाक्टर रितेश भण्डारी,डाक्टर शृष्टि घिमिरे,डाक्टर रुद्र घिमिरे,डाक्टर चिरन्जीवी भट्टराई,डाक्टर अनुप श्रीवास्तव,डाक्टर सन्तोष घिमिरे र डाक्टर रबिन्द्र शाह सम्मिलित चिकित्सकहरु कोरोना प्रकोपको संक्रमणबाट जोगिन र आवश्यक सतर्कता अपनाउन के गर्नुपर्छ भन्ने बारे निस्शुल्क परामर्शका लागि नौ सदस्यीय परामर्श समिति गठन गरिएको छ ।

त्यस्तै समितिका कानुनी सल्लाहकार एवं समितिका पूर्व संयोजक खगेन्द्र जीसीको संयोजकत्वमा समितिका सदस्य पिताम्बर भुषाल र अधिवक्ता बासु फुलारा सदस्य रहेको कानुनी सहायता समिति गठन गरिएको छ । समितिले यो प्रकोपको संकटका कारण बेरोजगार भएका समुदायका सदस्यहरुले प्राप्त गर्नसक्ने सुविधा लिने कानुनी आधारहरुका बारे आवश्यक सहयोग गर्नेछ । समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गको संयोजकत्वमा कोरोना संक्रमित समुदायका सदस्यहरुलाई सरकारी निकायबाट प्राप्त हुने सहयोग र श्रोत परिचालन समिति गठन गरिएको छ । समितिका उपसभापति केशब बराललाई संक्रमित समुदायका सदस्यलाई समितिले गर्न सक्ने आर्थिक सहयोगको श्रोत परिचालन र समन्वयका लागि जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी समितिका प्रचार विभाग प्रमूख गौतम दाहाललाई यसको बढ्दो संक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सतर्कताका लागि आवश्यक प्रचार प्रसारका लागि समन्वय गर्न समेत बैठकले जिम्मेवारी दिएको छ ।

कोरोना संक्रमण सतर्कताका लागि जनसम्पर्क समितिको पहल,समुदायका लागि कानुनी र चिकत्सकीय सुविधाको सुरुवात

सम्बन्धित समाचार