नेपाली कराँते टोली ईन्डोनेसियामा

December 17, 2017

एभरेष्ट टाईम्स् / ईन्डोनेसिया शोतो खुला अन्तराष्ट्रिय कराँते टुर्नामेन्ट र सेमिनार २०१७ मा सहभागी हुन नेपालबाट चार जनाको टोली हालै ईन्डोनेसिया पुगेको छ । अन्तराष्ट्रिय मार्शल आर्ट संघ नेपालको अध्यक्ष एवं प्रमुख प्रशिक्षक प्रकाश श्रेष्ठको नेतृत्वमा ईन्डोनेसिया पुगेको टोलीमा कराँते खेलाडीहरू रणदीप गोले, अभय मोक्तान र सानुबाबु तामाङ छन् । यही डिसेम्बरको १३ देखी १८ सम्म सँचालन हुने उक्त प्रतियोगितामा बिभिन्न मुलुकका ६०० भन्दा बढ़ीं खेलाडीहरूको सहभगिता रहने छन् । विश्व कराँते महासंघको टेक्निकल कमिटी प्रमुख सेन्से कागवा मासवाको निर्देशनमा सो प्रतियोगिता संचालन हुनेछ ।

अन्तराष्ट्रिय मार्शल आर्ट संघ नेपालको महासचिव प्रशान्त प्रधानका अनुसार प्रतियोगितामा नेपालको तर्फबाट कूमितेमा रणदीप गोलेले ८५ किलोमा, सानुबाबू तामाङले ७५ किलोमा र अभय मोक्तानले ५५ किलोमा प्रतिस्पर्धा गर्ने छन् । साथै प्रतियोगितामा सानुबाबु तामाङले रेफ्री तथा जजको भूमिका समेत निर्वाह गर्ने छन् ।

सम्बन्धित समाचार