नेपाल डे परेडको नाममा व्यक्तिगत इगोको राजनिति

May 15, 2018

आङछिरिङ शेर्पा
न्युर्योक शहरमा नेपाल चिनाउने ‘ नेपाल डे परेड ‘ तेसो हुन अब ६ दिन मात्र बाकी छ । यो अवधीमा तयारी गदै अझै सहमतिको लागी प्रयास भइरहेको छ । परेडको लागी महिनौ देखि हुदै आएको कोठे बैठक, टाउनहल बैठक र नेपाली कन्सुलेटको रोहबरको साझा लिखित सहमति बैठकपछि परेडको खाका कोर्न थालेका छन । कन्सुलेटमा सम्पन्न बैठकको सहमतिपछि आदीवासी जनजाती महासंघ फिपनाले असहमति जनाउदै अलग भएलगतै एनआरएन न्युयोर्क च्याप्टरको संयोजनमा भएको तद्धर्थ समितिको बैठकले विभिन्न निर्णय गरि तोकिएको समयमा नेपाल डे परेड गर्ने भनी अघि बडेको हो । समितिको आइतबार भएको बहुमतको निर्णयले सबैलाई समेटने गरि परमिट कसैको नाममा नामसारी गर्न मिलेमा सार्ने तर परेड गर्ने गरि ५ जना कन्भेनर र आवश्याक अनुसार स्टेरिङ कमिटिमा थप्ने गरि सोमबार विहानै प्रेश विज्ञाप्ती जारी गरियो ।

नेपाल र नेपालीको गौरवको लागी सोचेर एनआरएन न्युयोर्क च्याप्टर लगायत विभिन्न सस्थाहरु विवाद गरेर होइन सबै मिलेर परेड गरौ भनेर अघि बडेका छन । तर केही सस्थाका अगुवाहरु अझै पनि व्यक्तिगत इगो र रिसिइवीमै अल्जेर परेडलाई विवादमै बनाउन लागेको देखिन्छ । यदि यही किसिमको व्यक्तिगत इगो र रिसिइविको राजनिति हावी हुन थालेमा नेपाल डे परेड तोकिएको दिन हुन असम्भव देखिन थालेको छ । प्रवासमा सबै नेपाली समुदाय एक हुनुपर्नेमा यस्तो किसिमको विवाद र विभाजन हुदै गएमा कसैलाई पनि फाइदा पुग्दैन । नेपाल डे परेडको नाममा न्युयोर्कमा भएको यस किसिमको विवाद र विभाजनले अमेरिकी नेपाली समाजलाई दुखित बनाएको छ ।

समाजमा यस्तो किसिमको इगो र विवादले भविष्यमा कसैलाई फाइदा पुग्दैन । विशेष गरि नेपाली समाजको अगुवाइ हु भन्नेहरुले मनमा ससानो इगो पालेर होइन फराकिलो मनले सवैलाई समेटन सक्ने खुवि राख्न सक्नु पर्छ । यतिखेर नेपाली समाजको नेतृत्वमा रहेकाहरुमा ‘मै हु ‘ ‘मैले जे गरेपनि हुन्छ’ भन्ने अहम सोचकै कारण विभिन्न सस्थाहरुमा विवाद र विभाजन हुन थालेको छ । साच्चै भन्नु पर्दा नेपाल डे परेड जस्तो नेपाल र नेपालीको भावनासग जोडिएको सवालमा जो कसैले छातीमा हात राखेर स्वच्छा मनले गर्न चाहेमा कही पनि विवाद हुदैन्थ्यो तर व्यक्तिगत लोभ, लालच र इगो रिसिइविको कारणले परेड विवादमा परेको हो । यतिखेर परेडको नाममा अमेरिकामा नेपाल र नेपालीको चिनारी दिने यो कार्यक्रममा आपसमा जुध्दै र विवाद गरेर नेपालीहरु आपसमा जात्रा देखाउनु राम्रो होइन । अब तोकिएको दिनमा परेड भएन भने पनि नेपालीनै लज्जित हुनुपर्ने देखिन्छ भने कम सहाभागीतामा परेड भयो भने पनि नेपालीलेनै लज्जित हुनुपर्ने देखिने भयो ।

नेपाल परेड हरेक वर्ष विवादमा
अमेरिकाको न्युयोर्कमा पहिलो सन २०१६ मा नेपाल डे परेड आदीवासी जनजाती महासंघ फिपना, नेपाली कांग्रेसको भातृुसस्था जन सम्पर्क समिति र एमालेको भातृ संगठन प्रवासी मञ्चले परेडको संयोजन गरेका थिए । त्यतिखेर यी तीन सस्थाले एनआरएन लगायत केही सस्थालाई नसमेटनुको साथै परेड गणतन्त्र दिवसको नाममा मात्र गरियो भनी हिमालय बुद्धिष्ठ कम्युनिटि र शेर्पा किदुगले बहिष्कारनै गरेका थिए । त्यस्तै दोश्रो परेड सन २०१७ मा आदीवासी जनजाती महासंघ फिपनाले रिज्युउड नेपाली सोसाइटीसग मिलेर बुद्ध जयान्ती र गणतन्त्र दिवस दुबैको नाम राखेर संयोजन गरेका थिए । त्यतिखेर प्रवासी मञ्च र जन सम्पर्क समितिलाई संयोजक सस्थाबाट हटायो भनेर उनीहरुले निकै विरोध गरेका थिए ।

दोश्रो परेडपछि फिफनाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा र निवर्तमान बरिष्ठ उपाध्याक्ष मंगलदास श्रेष्ठले रिज्युउड सोसाइटीको अध्यक्ष रवि कोइरालासग मिलेर सुटुक्कै नेपाल परेड डे इन्क सस्था खोल्नुको साथै लामो समयसम्म परेडको हिसाव किताब नदेखाएपछि विवादित बनेको हो । यही विवाद मिलाउन फिपना र इन्क वीच पटक पटक वार्ता भएपनि मिल्न सकेको थिएन । ज्याक्सनहाइटको लामो बार्तापछि नेपाली कन्सुलेटको रोहबरमा गत मे १ तारिख सबै सस्थाहरुको उपस्थितिमा भएको सामुहिक बैठकले लिखित सहमति गर्नुको साथै तोकिएको समयमा परेड गर्नका लागी तदर्थ समिति समेत गठन गरिएको थियो । कन्सुलेट परिवार सामु भएको सहमति अनुसार फिपनाको संयोजनमा गठित तदर्थ समितिले तीन पटक बैठक गरियो । सहमति अनुसारको बैठकको मुख्य हिस्स्ाा भनेकै नेपाल डे इन्क नामक सस्थाले फिपनाको नामबाट अहिलेसम्म गरेको आयव्यायको हिसाब,सवै अफिसियल कागजपत्र फिपनालाई बुझाएर तदर्थ समितिलाई बुझाउने भन्नेनै थियो । त्यसै अनुसार तेस्रो बैठकमा इन्कको तर्फबाट लुइसाङ वाइवाले फिफनाको बरिष्ठ उपाध्याक्ष राजकुमार विष्ठलाई दुई वर्षको आम्दानी र आयव्ययको हिसाव र सम्पुर्ण कागजत बुझाएको थियो ।

हिसाब र कागजपत्र बुझेको वितिकै बिष्टले कार्यसमितिमा छलफल गरि २४ घण्टाभित्र फिपनाको आधिकारिक धारण तदर्थ समितिलाई दिने भनेर बैठक टुङगिएको थियो । भोलिपल्ट फिपना कार्यसमितिको बैठकको निर्णय अनुसार इन्कले बुझाएको हिसाव अपुरो भएको भनी उनीहरुले कागजपत्र नबुझेर सहमति नहुने धारण राखेर अलग भएको थियो । त्यस लगतै तदर्थ समितिमा रहेका ११ जनाले परेड तोकिएकै समयमै गरु भनी एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारीको संयोजनमा अघि बडीसकेको छ । यो समितिले पटक पटक बैठक गरि तदर्थ समितिको सहमति अनुसार ५ जना कन्भेनर राख्ने र स्टेरिङ कमिटिमा थप गर्ने निर्णय भए अनुसार परेडको अन्तिम तयारीमा जुटेको छ । तर केही व्यक्तिले हालै परेडको परमिट अरुको नाममा सारेमा सहमति हुने भनेर अल्जाएर समितिको कार्य अघि बडन दिएको छैन ।

परेडको विवादसंगै इगोको खेल ।
आदीवासी जनजाती महासंघ फिपनाले निवर्तमान अध्यक्ष लुइसाङ वाइवा र निवर्तमान अध्यक्ष मंगलदास श्रेष्ठले फिपनाको हित विपरित कार्य गरेको भनी कर्वाही गरेपछि सस्थागत रुपमा जे गरियो ठिक गरियो भनेर फिपना अन्र्तगतका जातीय सस्थाहरुले सकारत्माक रुपमा लिएको देखियो । तर दुई पटक लगातार नेपाल डे परेड गरेर वाइवा समुहले आफुहरुले समयमा हिसाव नबुझाएको गल्ति भएको महसुस गदै विभिन्न बैठकमा माफ मागेर सबैलाई मिलेर परेड गरु भनी अनुरोध गरेपछि एनआरएन लगायत अन्य विभिन्न सस्थाहरु परेड गर्नमा सक्रिय देखियो । तर फिपनाको अध्यक्ष मानबहादुर राणामगर र निवर्तमान अध्यक्ष वाइवा वीचको जनजातीको सस्थागत विवाद अब उनीहरुभित्र मात्र सिमित रहेन । अब यसले ठुलो रुप लिएको छ । जसको कारण नेपाल डे परेडनै अब संकटमा परेको छ ।  कुनै वेला टाउको र पुच्छार झै कहिल्यै नछुट्टएिर हिडने राणामगर र वाइवा वीच गत फिपनाको निर्वाचनबाटै निकै ठुलो मनमुटाव र विवाद भएको थियो । उनीहरु वीचको विवादको फाइदा लिएर विभिन्न पाटीको भातृ संगठनहरु विवादमै अल्जाउन व्यस्त रहे । यतिमात्र होइन रिज्युउड नेपाली सोसाइटीको अध्यक्ष रविकिरण कोइरालाको सक्रियता देखेर रिज्युउडकै केही अगुवाहरु समेत आफनो कार्यकालमा कोइरालाकै समुहले अवरोध पुर्‍याएको भनी पुरानो इगोकै रुपमा रिस फेर्न थालेको देखिन्छ । शुरुमा संगै संयोजनको भुमिकामा देखिएको प्रवासी र जनसम्पर्क समितिभित्रको एक समुहलाई गत वर्ष हटाएको रिस अझै पनि हटेको छैन । त्यही रिसिइवीमा उनीहरु यतिखेर बाहिरबाट परेडमा भाग लिनुपर्छ भनेपनि भित्र भित्रै परेड सरोस वा नहोस भन्नेमा देखिन्छ । नेपाल डे परेड नेपालको लागी भनेर स्वच्छ मनले होइन यतिखेर केही अगुवाहरु आफनो व्यक्तिगत इगो र रिसिइवीको कारण यस पटकको परेड विवादै विबादमा पारेर नहोस भन्न चाहेको देखिन्छ ।

सम्बन्धित समाचार