न्युयोर्कका २९ कराते खेलाडीहरुले विभिन्न तहको वेल्ट पाए ।

August 14, 2018

 
इन्टरनेशनल मार्सल आर्टस कराते डोजोमा प्रशिक्षण लिइरहेका कृसांसु सुवेदी र हिमांसु सुवेदीसंगै अन्य २७ जनाले विभिन्न तहको वेल्ट टेष्टमा पास भई विभिन्न तहको वेल्ट पाएका थिए । सुवेदी दाजुभाई नेपाली कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्रीका छोराहरु हुन । वाइन्ट वेल्टबाट सिकेर माथिल्लो तहको वेल्ट पाएका सवै खेलाडीहरु त्यस दिन निकै खुसी थिए । खेलाडीहरु मात्रै नभई त्यस दिन अभिभावकहरु पनि उतिकै खुसी थिए ।

‘ न्युयोर्कमा सञ्चालित यो डोजोमा सिकेर विभिन्न वेल्ट पाउन सफल सवै खेलाडीहरुलाई हार्दिक बधाई दिन चाहान्छु’ नेपाली कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्रीले भने -‘ यही डोजोमा सिकेर हाम्रो छोराहरुले येल्लो वेल्ट पाउन सफल भएकोमा थप खुसी लागेको छ ’ । विभिन्न मुलुकका बालबालिकाहरु सिक्न आउने यो डोजोले बालबालिकाहरुलाई अनुशासित बनाउनको साथै शारिरिक तन्दुरुस्त बनाउनमा निकै योगदान पुर्‍याएको उनले बताए । कार्यक्रममा बाणिज्यदुत क्षेत्रीले वेल्टटेष्टमा पास भएका २९ जना खेलाडीहरुलाई विभिन्न तहको बेल्टहरु वितरण गरेका थिए ।

खेलाडीहरुले गरेको मेहनत अनुसार यस पटकको वेल्टटेष्टले हामीलाई निकै गौरन्वीत तुल्याएको छ ’ डोजोका प्रमुख प्रशिक्षक तथा सञ्चालक पारखी राईले भने( खेलाडीहरुको मेहनेतसंगै अभिभावकहरुले खेलेको महत्वपुर्ण भुमिलेनै उनीहरुले प्रगति गरेकोमा हामीलाई निकै तुल्यायो ’ उनका अनुसार यस पटक ७ घण्टा लामो समय लगाएर दुई समुहमा विभाजन गरि वेल्ट टेष्ट गरेका थिए । निर्णयकहरुको सामु उनीहरुले प्रस्तुत गरेको प्रस्तुतीको आधारमा वेल्ट प्रदान गरेको प्रमुख प्रशिक्षक राईले बताए । उक्त अवसरमा हालै जमाइकामा सम्पन्न टुर्नामेन्टमा विभिन्न पदक ल्याउन सफल खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । टुर्नामेन्टमा ७ जनाले स्वर्ण पदक, ७ जनाले कास्य पदक र ९ जनाले रजत पदक जित्न सफल भएका थिए ।

सम्बन्धित समाचार