न्युयोर्कको पोर्टअथोरिटिमा बम विष्फोट

December 12, 2017

न्युयोर्क व्यस्त फोर्टिसेकेण्डको पोटआथोरिटिमा विहान साडे ७ बजे पाइप बम विष्फोट भएको छ । विहानको व्यस्त समयमा भएको विष्फोटले ४ जना गम्भिर घाइते हुनको साथै विहानीपखको जनजीवन निकै तनाव बनेको थियो । सुरक्षाकर्मिका अनुसार उक्त बम विष्फोट गराउने बंगालदेशबाट आएका २७ बषिर्य अकाएत उल्ला रहेको छ । बु्रकलिनमा बस्दै आएको उनलाई विष्फोट लगतै पक्रेर हिरासतमा राखिएको छ । विष्फोट भए लगतै फोर्टि सेकेण्डको सेभेन र एट एभिन्यु तत्कालै बन्द भएको थियो भने सवारी र ट्रेनहरु समेत अवरुद्ध भएको थियो ।

सम्बन्धित समाचार