न्युयोर्कमा कोराना लागेको नेपालीको परिवार सहयोगको खोजिमा

March 24, 2020

न्युयोर्कको नेपाली समुदायमा कोरोना लागेको एक विरामीको परिवारले निकै दुख भोग्नु परिरहेको उनको आफन्तले बताएको छ । यो दुखमा उनलाई सहयोगको खाचो भएकोले सहयोगको लागी आग्रह गरेको छ । पेशागत रुपमा न्युयोर्कमा उवर चलाउदै आएका ४८ बषिर्य उनलाई अस्पतालले कोरोना लागेको पुष्टि गरे लगतै गत सुक्रबारदेखि एल्मष्ट अस्पतालको आइसियुमा राखेकोले अहिले उनको परिवार निकै समास्यामा गुजि्ररहेको आफन्तले बताएको छ ।

‘ परिवारको मुख्य मान्छेनै कोरोना लागेर आइसियुमा बस्नु परेपछि अहिले उनको परिवारलाई खानेकुरा किनिदिने मान्छे नभएर समास्या भोग्नु परिरहेको छ ‘ एक आफन्तले भने-‘ उनको परिवारले भोग्नु परेको यो दुखमा यदि कुनै सस्था वा सहयोगी छ भने सहयोग गरिदिए हुन्थ्यो नि ‘ । उनी दुई छोरा, एक छोरि र श्रीमतिको साथमा विगत लामो समयदेखिनै न्युयोर्कमा बस्दै आएका थिए । बुबालाई कोरोना लागेपछि जेठा र कान्छो छोरा दुबैलाई अहिल निकै ज्वारोले च्यापेको बताउछन । यो दुखमा यतिखेर उनीहरुलाई सहयोग गर्ने कोही देखेको छैन । कृपया यो दुखमा सवैले सकेको सहयोग गरौ ।

सम्बन्धित समाचार