न्युयोर्कमा चौथो ट्राभलिङ किम्फ

July 2, 2018

एभरेष्ट टाइम्सको सहआयोजनामा न्युयोर्कमा चौथो पटक ( काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल ) किम्फ सम्पन्न भयो । नेपालमा लामो समयदेखिन हिमाल एसोसियसनको आयोजनामा हुदै आएको किम्फ देश बाहिर ट्राभलिङ किम्फको रुपमा विगत चार वर्षदेखि अमेरिकामा एभरेष्टटाइम्सको सहआयोजनामा हुदै आएको छ । नेपालको ग्रामीण भेगको बास्तविक कथा बस्तु समेेटेर बनाएका विभिन्न ४ डकुमेन्ट्रीहरु एभरेष्टटाइम्सले जुनकेा ३० तारिख न्युयोर्कस्थित शेर्पा किदुगको हलमा प्रर्दशन गरियो । यस पटक चिल्डेन अफ स्नोल्याण्ड, च्यालो, जलगेडी र पेम्बा रिटन टु गोलि प्रर्दशन गरिएको थियो । विगत झै यस पटक पनि किम्फमा सहाभाागी दर्शकहरुले डकुमेन्ट्रीहरु निकै रुचाएका थिए । कार्यक्रममा नेपाली कन्सुलेटका महाबाणिज्यदुत मधु मरासिनि, बौद्ध धर्म गुरु आवतारी लामा लगायत विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । किम्फ दुई सो भएको थियो ।

‘ नेपालको ग्रामीण भेगको बास्तविक कथा बस्तुलाई प्रवासी नेपाली समुदायमा देखाउनका साथै विदेशमा नेपाल चिनाउनका लागी विगत ४ वर्षदेखिन हामीले ट्राभलिङ किम्फ आयोजना गदै आएको हो’ एभरेष्टटाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने-‘ किम्फबाट उठने रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गर्न पाउदा आनन्दीत महसुस भइरहेको छ ‘ । एभरेष्टटाइम्सले किम्फ गरेर यस अघि सोलुखुम्बुको दुई विद्यालयलाई, गत वर्ष सिन्धुपाल्चोकको विद्यालयलाई र यस पटकको किम्फबाट उठने रकम रामेछापको कुनै दुर्गम विद्यालयलाई सहयोग गर्ने योजना बनाएको उनले बताए । ‘ प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाउन पाउदा निकै रमाइलो अनुभव भयो ‘ एभरेष्टटाइम्सका सम्पादक ङमिा पाखि्रनले भने-‘ अब भविष्यमा प्रवासमा रहेका नेपालीको कथामा बनेका डकुमेन्ट्रीहरु किम्फमा समाबेस गराउने हाम्रो अर्को लक्ष्य पनि हो’ ।

सम्बन्धित समाचार