न्युयोर्कमा तमु परिवारको पिकनिक

June 25, 2019

विगत बर्ष झै यस वर्ष पनि तमु परिवार न्युयोर्कले क्विन्सवि्रज पार्कमा समर पिकनिकको आयोजना गरियो । पिकनिकमा न्युयोर्कमा रहेका तमुहरुको साथै विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई तमु परिवारका अध्यक्ष मनिता गुरुङले खादा लगाई स्वागत गरेकी थिइन । पिकनिमा तमु परिवारका सदस्यहरुले घरमा बनाएका विभिन्न खाना परिकारहरु पस्केका थिए ।

‘ हरेक बर्षको यसै सिजनको बेला खुल्ला आकाशमुनि हामी सवै एकठाउमा भेला भई रमाइलो गरि एक आपसमा सहयोगको आदानप्रदान गर्नका लागी पिकनिक गदै आएको हो ‘ तमु परिवारका अध्यक्ष मनिता गुरुङले भनिन-‘तमु परिवारको सदस्यहरुको साथ र सहयोगले पिकनि लगायतका विभिन्न कार्यक्रमहरु सफल हुदै आएको छ ‘ ।

पिकनिकमा नेपालबाट आएका अतिथिहरु र जेष्ठ नागरिकहरुलाई पनि तमु परिवारका निवर्तमान अध्यक्ष डम्बरजंग गुरुङले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । ‘ सम्पुर्ण तमुहरु एक हौ भाषा र सस्कृतिको सम्मान गरौ ‘ भन्ने नाराका साथ आयोजित पिकनिक कार्यक्रम तमु परिवारका महासचिव जेवि गुरुङले सञ्चालन गरेका थिए । पिकनिकमा खानपिनका साथै महिला र पुरुष बीच डोरि तान्ने लगायतका विभिन्न मनोरञ्जनत्माक खेल प्रतियोगितासंगै नाचगान गरेर रमाइलो गरेका थिए ।

सम्बन्धित समाचार