न्युयोर्कमा तामाङ समाजको कार्यालय उदघाटन

September 9, 2018

तामाङ समाज अमेरिकाले न्युयोर्कमा स्थापना गरेको कार्यालय बौद्धधर्म परम्परा अनुसार पुजा पाठसंगै नेपाल कन्सुलेटका कार्यवाहक महाबाणिज्यदुत पुष्प भट्टराईले दिप प्रज्वलन गरि उदघाटन गरेका थिए । न्युयोर्कको क्विन्सस्थित फिप्टीएट स्टि्रटको उडसाइड एभिन्युमा रहेको उक्त कार्यालय उदघाटन कार्यक्रममा कार्यवाहक महाबाणिज्यदुत भट्टराईले अमेरिकामा आएर पनि जातजातीको भन्द पनि सबै नेपाली एक हुनु पर्ने धारण र।ख्दै न्युयोर्कमा हालै स्थापित तामाङ समाजलाई शुभकामना दिएका थिए । त्यस्तै एनआरएन एनसिसि अमेरिकाका महासचिव बाबुराम लामाले अमेरिकाकी नेपाली डाइस्पोरामा तामाङ समाज अमेरिकाले तामाङ समुदायलाई मात्र नभई सम्पुर्ण नेपालीहरुको सुखदुखमा साथ दिने गरि फरक र महत्वपुर्ण कार्य गर्न सकोस भन्ने शुभकामना दिएका थिए । त्यस्तै शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पाले संघको सोच जस्तै समाजले पनि यही जन्मेको युवापिडिलाई अमेरिकी मुलधारको राजनितिमा अग्रसर गरोस भन्ने शुभकामना दिएका थिए ।

जन सम्पर्क समितिका संगठन विभागका प्रमुख वेद प्रसाद खरेलले अधिकांस सस्थाहरुसंगै जन सम्पर्क समिति पनि झोलामा बोकेर हिडेको अवस्थामा तामाङ समाजले न्युयोर्कमा कार्यालय स्थापना गरेकोमा प्रंससा गदै शुभकामना दिएका थिए । तामाङ सोसाइटी अफ अमेरिकाका पुर्व अध्यक्ष भरत मोक्तानले अबको नया युग अनुसार फरक ढंगबाट अघि बढ्न लागी तामाङ समाजले नेपाल र अमेरिकामा रहेको तामाङ समुदायको हितसंगै सवै नेपाली समुदायहरुसंगै मिलेर उल्लेखनीय कार्य गर्न सकोस भनेर शुभकामना दिएका थिए । त्यस्तै जन सम्पर्क समिति अन्तराष्ट्रिय सन्जालका अध्यक्ष विष्णु सुवेदी, गुरुङ परिवारका अध्यक्ष डम्बरजंग गुरुङ, आदीबासी जनजाती महासंघ फिफनाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा, जन सम्पर्क समितिका सचिव भोजराज थोकर, किरात राई सोसाइटीका पुर्व अध्यक्ष एवं फिफनाका पुर्व बरिष्ठ उपाध्याक्ष मणि वाङदेल, नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि प्रमोद सिटौला, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, एनआरएन एनसिसिका सहकोषाध्याक्ष पवन योन्जन र पिएपि फाउण्डेसनका सस्थापक प्रेम थोकर लगायतले समाजलाई शुभ दिएका थिए । तामाङ समाजको अध्यक्ष सानु माया तामाङको सभापतित्वमा भएको कार्यक्रम सचिव विनिता तामाङले सन्चालन गरेका थिए ।

सम्बन्धित समाचार