न्युयोर्कमा तेस्रो नेपाल डे परेड

May 22, 2018

 

 

 एभरेस्ट टाइम्स/न्युयोर्क

विश्वको राजधानी न्युयोर्कमा नेपाल चिनाउने नेपाल डे परेड तेश्रो मे २० मा सम्पन्न भयो । सन २०१६ देखि न्युयोर्क शहरमा हुँदै आएको नेपाल डे परेड यस पटक म्याडिसन एभिन्युको थर्टीएट स्ट्रीटबाट परेड गदै टेवन्टी सेभेन स्ट्रीटमा पुगेर सभामा परिणत भएको थियो ।

एनआरएनए न्युयोर्क च्याप्टरको संयोजनमा भएको परेडमा विभिन्न संघसस्थाहरु तथा जातजातीहरुले व्यानर र झाँकीका साथ भाग लिएका थिए । ११ बजे म्याडिसनमा भेला भएर करिब १ बजेबाट परेड अघि बडेका थिए । गणतन्त्र दिवस, बुद्ध जयन्ती र सगरमाथा दिवसको अवसर पारेर आयोजित परेडको उदघाटन पुर्व मन्त्रि तथा नेपाली कंग्रेसकी केन्द्रीय सदस्य डिना महालक्ष्मी उपाध्याले गरेकी थिइन भने परेडमा मार्सलको रुपमा सिटि काउन्सील मेम्बर टेवन्टीटुका कोष्ट कोनटानटिनाइजले गरेका थिए ।

नाच्दै गाउदै अघि बढेको परेड अन्तमा सभामा परिणत भएका थियो । नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर शुरु भएको परेडको सभामा पाच जना कन्भेनर मध्येबाट कन्भेनर रवि कोइरालाले उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यस्तै काउन्सील मेम्बर कोष्टले न्युयोर्क सिटिमा सफलतापुर्वक परेड गरेर नेपालको चिनारी दिएको भनी सवैलाई धन्यवाद दिदै परेड आयोजक समितिलाई सम्मान पत्र दिएका थिए ।

कार्यक्रममा नेपाल डे परेड २०१६ का कन्भेनर लुइसाङ वाइवा तामाङले नेपाल र नेपालीको पहिचानलाई विश्व माझ चिनाउने गौरवशाली कार्यलाई भविष्यमा पनि निरन्तर हुदै जाने बताएका थिए । त्यस्तै गरि नेपाली महाबाणिज्यदुत मधु मरासिनीले विवादको भावजुद पनि सफलतापुर्वक परेड गर्न सफल भएकोमा सबैलाई बधाई दिदै भविष्यमा यस्तो कार्यक्रम निरन्तरता दिनका लागी आग्रह गरेका थिए । त्यस्तै प्रमुख अतिथि उपाध्याले न्युयोर्कमा भएको नेपाल परेडले विश्वमा नेपाल चिनाउनमा महत्वपुर्ण योगदान पुर्‍याएकोले गौरवपुर्ण कार्य गरेको बताएका थिए । परेड गर्नका लागी सहयोग गर्नेहरु र परेड सफल पार्नका लागी सहाभागी सबैलाई एनआरएन न्युयोर्क च्याप्टरका संयोजक अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा किराती राई समुदायको तर्फबाट सिलि नृत्य, नेवार समुदायबाट मन्जुश्री नृत्यु, शेर्पा समुदायबाट शेर्पा लोक नृत्य ‘सेब्रु’ र बालबालिकाहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए । यस पटकको परेडमा कलाकारहरुको संयोजन कलाकार संघका पुर्व अध्यक्ष एवं परेडको कन्भेनर गम्बु शेर्पाले गरेका थिए । डोमा शेर्पा र विकि पुलामीद्धारा रोचक ढंगले सञ्चालन गरेको सभामा गायकहरु जगदीश समाल, गम्बु शेर्पा, अभय ढुङगेल, सानु शेर्पा र फारा देण्डी शेर्पाले गीत प्रस्तुत गरेका थिए ।

यस पटकको परेड विवादसंगै जनजाती महासंघ अमेरिका फिपना लगायत विभिन्न सस्थाहरुले बहिष्कार गर्नुको साथै मौसम विग्रन्छ भन्ने अनुमानको कारण विगतको जस्तो ठुलो संख्यामा सहाभागी नभएपनि करिब १५ सय देखि २ हजारको हाराहारीमा सहाभागी रहेको आयोजक समितिका संयोजक अधिकारीले बताए । यस पटकको परेडको लागी ५ जना कन्भेनर तथा ४७ सदस्यीय स्टेरिङ कमिटि गठन गरेको थियो ।
तस्विरहरु अशोक पन्त

 

 

 

 

सम्बन्धित समाचार