न्युयोर्कमा “दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सब

September 16, 2018

नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आयोजनामा भएको दोश्रो नेपाल आदीवासी चलचित्र महोत्सवको उदघाटन गैरआवासिया नेपाली संघ उत्तर अमेरिकी क्षेत्रिय उपसंयोजक नबिन शेरचन र फिप्नाका अध्यक्ष मानबहादुर राना मगरले पानसमा बत्ति बालेर गरेका थिए । त्यस्तै नेपाल चलचित्र विकास बोर्डको सदस्य सचिब महेन्द्र प्रसाद शांखी, नेपाली कन्सुलेटको बाणिज्यदुत कृशु क्षेत्री र काउन्सिल मेन कोस्टा कोस्टान्टिनीडेजले संयुक्त रुपमा महोत्सबको ब्यानर खोलेर उदघाटन गरेका थिए । नेपाल, अमेरिका र आदीवासी जनजातीको राष्ट्रिय गीतबाट शुरुवात भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएन उपसंयोजक शेरचनले प्रवासमा नेपाली मौलिक भाषा, कला र सस्कृतिलाई माथि उठने कार्य गरेकोमा प्रसंसा गर्दै सबै एक जुट भएर अगाडी बढ्नु पर्ने धारण राखेका थिए । महोत्सव जनजातिको पहिचानसंग जोडिएकोले नेपाल सरकारले आउने दिनहरुमा ठोस रुपमा सहयोग गर्नु पर्ने उपसंयोजक शेरचनले आग्रह गरेका थिए ।


त्यस्तै नेपाल चलचित्र बिकास बोर्डका सदस्य सचिब महेन्द्र शांखीले सरकारले जनजातिको भाषा, सस्कृति संग सम्बन्धित चलचित्रको निर्माण गर्न सहयोग गर्न नसकेको स्वीकार गर्दै विदेशको भूमिमा आयोजना गरिएको यो फिल्म महोत्सबले आदिवासी चलचित्रको विकास र प्रबर्धन मा टेवा पुग्ने बताएका थिए । कार्यक्रममा फिप्नाका अध्यक्ष मान रानामगरले जनजातिको पहिचानको मुद्दालाई स्थापित र सस्थागत गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै जनजातिको मौलिक भाषा, सस्कृति, सस्कार, रितिरिवाज र धर्मलाई संरक्षण र सम्बर्दन गर्न यस्ता महोत्सबले सहयोग पुर्याउने बताएका थिए । उक्त अवसरमा नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृसु क्षेत्रीले नेपाली आदिबासी जनजातिको सास्कृतिक सम्पदाहरु राष्ट्रकै सम्पदा र सम्पत्ति भएको उल्लेख गरेका थिए । क्षेत्रीले सरकारको तर्फबाट सक्दो सहयोग गर्न र महासंघसंग हातेमालो गरेर अघि बढ्न महावाणिज्य दूतावास तयार रहेको बताएका थिए । उक्त अवसरमा विशेष अतिथिको रुपमा उपस्थित न्युयोर्क सिटिका काउन्सिलम्यान कोस्टा कोष्टाष्टिनिडिसले महोत्सवले नेपाली आदिवासीहरुको संस्कृतिको प्रबर्धन गर्ने बताउदै आयोजक महासंघ र महासंघको नेतृत्व बर्गलाई आभार व्यक्त गरेका थिए । आदिवासी चलचित्र महासंघ, नेपाल केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारले महोत्सव सफलताको शुभकामना बिज्ञप्ति मार्फत आदिबासीको लोप हुदै गएको संस्कार र संस्कृतिलाई चलचित्रको माध्यमबाट संरक्षण र प्रबर्धन गर्न मद्दत पुगेको बताएका थिए ।

फिप्ना संघीय परिषदका सभामुख बिनोद पोमोले यस्ता महोत्सवले जनजाति चलचित्र निर्माण गर्ने चलचित्रकर्मीहरुलाई प्रोत्साहन र उर्जा थप्ने बताउदै सहयोगी संघ संस्थाहरुलाई धन्यबाद दिएका थिए । महोत्सव तथा निफ अवार्ड(२०१८ महोत्सव संयोजक तथा फिप्ना वरिष्ठ उपाध्यक्ष राज कुमार बिष्टले महासंघले नेपालको आदिवासी जनजातिहरुको भाषा, संस्कृति र रितिरिवाजहरुको संरक्षण, सम्बर्दन तथा सम्बर्दनको लागि बन्ने आदीवासी जनजाति संस्कृतिमा आधारित चलचित्रहरुको बिकास र बजार प्रबर्दनको लागि सहयोग पुर्याउने र आदिवासी चलचित्रकर्मीहरुलाई सहयोग तथा प्रोत्शाहन गर्ने उदेश्यले गत वर्ष २०१७ देखि “नेपाल आदिवासी चलचित्र महोत्सव“ सुरुवात गरेको बताउदै महोत्सबलाई भब्य रुपमा सफल पार्न प्रायोजक, स्वयमसेवी, सदस्य तथा सहयोगी संघ संस्थाहरु र संचारकर्मीहरुको भूमिप्रति आभार व्यक्त गरेका थिए ।
महोत्सवका लागि प्रवेश गरेका नेपालका ४२ आदिवासी चलचित्रहरु मध्ये ११ चलचित्रहरु दुई दिने महोत्वसमा प्रदर्शन गरिएको थियो । महोत्सवमा ३ वटा लघु चलचित्र २ वटा डकुमेन्ट्री (वृत्तचित्र) पनि प्रदर्शन गरिने छ । चलचित्रहरुको लागि बिभिन्न १० विधाको पुरस्कारहरुको व्यबस्था गरिएको छ । यो महोत्सवबाट उत्कृस्ट हुने चलचित्रको नगद पुरस्कार एक लाख पचिस हजार रुपैया नेपाल सरकारको चलचित्र बिकास बोर्डले प्रायोजन गरेको छ ।

महासंघले प्रारम्भिक रुपमा चलचित्र छनौटको लागि ’आदिवासी चलचित्र महासंघ, नेपाल’ केन्ऽिय समितिको अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भुपेन्ऽ गुरुङ, अरुण प्रधान र श्रीजना सुब्बा सदस्य रहेको पाच सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो । नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदायबाट दर्ता भएको ४६ पूर्ण तथा लघु (छोटो) चलचित्र एबम डकुमेन्ट्री मध्ये २४ वटा छनौट भई अमेरिका आएको थियो । नेपालबाट चलचित्रहरु मध्ये एउटै समुदायको २ वा २ भन्दा बढी चलचित्र मध्ये सम्बन्धित समुदायको संस्थाको चलचित्र सम्बन्धित व्यक्तिहरुको संलग्नतामा एक एक वटा छनौट गरि महोत्सबको लागि ९ वटा लामो चलचित्र, ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको छ ।

महोत्सव तथा निफ अवार्ड २०१८ को अन्तिम चरणको लागि छनौट भएको चलचित्रहरु छनौटका लागी शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लिला राई, रोज तामाङ र छिरिङ्ग रिन्जिन गुरुङको पाच सदस्यीय निर्णयक समिति गठन गरिएको छ । त्यसैगरी, महोत्सवमा सहभागी लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिप्नाको सभामुख बिनोद पोमोको संयोजनमा निमा पाख्रिन र मत्छे गुरुङ संम्मिलित समिति बनेको छ । महोत्सवको पहिलो दिन विभिन्न चलचित्र प्रर्दशनसंगै साझमा विभिन्न जातीय सस्थाहरुको मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए । सास्कृतिक समितिको संयोजक ग्याल्सुम्दा सेवा सस्थाको अध्यक्ष छिरिङ राप्केको संयोजनमा रोचक सास्कृतिक कार्यक्रम भएको थियो । दोश्रो दिन पनि विभिन्न जातीय चलचित्रहरु प्रर्दशन गरिने भएको छ ।

सम्बन्धित समाचार