न्युयोर्कमा नेजा अधिबेसनको तयारीसंगै समुदायसंग छलफल

February 27, 2020

नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को साातौं अधिवेशन तथा १४ औं साधारण सभाको तयारी सन्दर्भमा न्युयोर्कस्थित  नेपाली समुदायका अभियन्ताहरुसंग नेजाले छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा मे महिनाको २ र ३ तारिखमा हुन लागेको अधिवेशनलाई सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुने छ ? भन्ने विषयमा छलफल गरिएको हो । आसन्न अधिवेसन सम्पन्न गर्नका लागि न्यूयोर्कको नेपाली समुदायले सहयोग गर्ने बताएका छन् । यसै क्रममा साातौं अधिवेशन न्यूयोर्कमा गर्दै गर्दा बिभिन्न राज्यबाट आउने पत्रकारहरुलाई खान र बस्न लगायत २ दिनको सम्पूर्ण ब्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न गर्न समुदायको आर्थिक सहयोग आवश्यक पर्ने जानकारी गराउदै संस्थाका कार्यबाहक अध्यक्ष बिकासराज न्यौपानेले समुदायलाई सकेको सहयोग गर्न आग्रह गरेका थिए ।

यस अघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्जिनिया , टेक्सास लगायतका राज्यमा नेजाका विगतका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेको उनले जानकारी दिएका थिए । साथै आगामी कार्यक्रमलाई सफल बनाउन न्यूयोर्कबासी नेपाली समुदायको ठूलो हात रहने उल्लेख गर्दै समुदायप्रति ठूलो अपेक्षा रहेको पनि बताए ।
नेजाका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार आङछिरिङ शेर्पाले डाइस्पोराका नेपाली समुदायहरुसग सधै नजिक रहेर हातेमालो गदै आएको नेजाको लामो समयपछि न्यूयोर्कमा हुन लागेको अधिबेसनमा अमेरिकाभरिकै पत्रकारको भेला हुन हुदा सहयोग गर्न पाउनु समुदायका लागि अवसर भएको बताएका थिए ।
अधिवेशनको तयारीका लागि न्यूयोर्क र आसपासका पत्रकारहरुको सहभागीतामा बिभिन्न उपसमिति बनाएर उपसमिति मार्फत तयारीको काम तिब्र पारिएको मुल आयोजक समितिकी संयोजक तथा नेजा उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरले कार्यक्रममा जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित समुदायका अगुवाहरुले पत्रकारको संस्थालाई अधिवेसन सम्पन्न गर्नका लागि आफूहरुले सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । नेजाका कोषाध्यक्ष मच्छेदेवी गुरुङले आर्थिक सहयोग, भौतिक सहयोग, समुदायको उपस्थिति, अधिबेशनका लागि शुभकामना, बिज्ञापन प्रकाशन गरी सहयोग गर्न पनि समुदायलाई अनुरोध गरेकी थिए ।
नेजाको अधिवेसनले पत्रकारहरु र सिंगो नेपाली समुदायबीचकोसम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी थिए । अन्तरक्रियामा नेजाका तर्फवाट महासचिव किरण मरहठ्ठा, सचिव सुरज भण्डारीले पनि अधिवेशनका सन्दर्भमा धारणा राखेका थिए । अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका नेपाली पत्रकारहरुको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागीता हुने छ । नेजाले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका नेपाली समुदायसग सुमधुर सम्बन्ध स्थापित गराउने उद्देश्यले प्रत्येक वर्षको साधारणसभा तथा अधिवेशन फरक फरक राज्य र शहरमा गर्दै आएको छ । त्यसै अनुरुप यस पटक न्यूयोर्कमा गर्ने तय गरिएको हो । अधिवेसन तयारीका लागि बनाइएका उपसमितिहरुले आˆनो क्षेत्र अन्तर्गतका कार्यहरु अघि बढाएका छन् । न्यूयोर्कमा हुन लागेको अधिवेशनका सन्दर्भमा न्यूयोर्क आसपासका क्षेत्रमा कार्यरत पत्रकारहरु समेत हषिर्त भएका छन् ।
कार्यक्रममा समुदायको तर्फबाट एनआरएनएका बी आर लामा, आनन्द बिष्ट, सञ्जय थापा, बिश्व शाह, लोक चेम्जोङ, लुइसाङ वाइबा, रामहरी अधिकारी, रोशन ढुगाना, मिङमा शेर्पा, नर्वदा क्षेत्री, शमीर महर्जन, अन्जन श्रेष्ठ, टेक गुरुङ, उपेन भट्ट, बिष्णु सुबेदी, प्रमोद सिटौला, अनन्त सुबेदी, राजन कर्माचार्य, नबीन शेरचन, अमित शाह, अभय ढुंगेल, आङनिमा गेल्जेन शेर्पा, बिकी पुलामी, प्रभात सापकोटा, हरीस चन्ऽ हमाल, बिनोद चापागाई, कृष्ण आचार्या, सूर्य लम्साल लगायत सहभागिता रहेको थियो । अमेरिकामै रहेर बिभिन्न माध्यमले पत्रकारितामा आवद्ध रहेका न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, न्युहृयामसायर, टेक्सास लगायतका पत्रकारको सहभागिता थियो ।

सम्बन्धित समाचार