न्युयोर्कमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्सको जाच दिन पाउने ।

March 27, 2019

न्युयोर्क सिटिमा अब नेपाली भाषामा सवारी चालक अनुमति पत्र ( ड्राइभिङ लाइसेन्स)को लर्नर परमिटको जाच दिन पाउने भएको छ । सवारी चालक अनुमति पत्र लाइसेन्सको लागी गत बर्षदेखिन नेपाली भाषामा फाराम भर्न पाएपनि नेपाली भाषामै जाच दिन पाएको थिएन । न्युयोर्क सिटिले नेपाली समुदायसंगै बंगाली समुदायले पनि बंगाली भाषाबाट लर्नर परमिटको जाच दिन पाउने व्यवस्था गरेको मगलबार विज्ञाप्ती मार्फत जानकारी दिएको छ ।

न्युयोर्कमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)  लिनेहरुहरुले डिएमभि ( डिपार्टमेन्ट अफ मोटर भेइकल ) बाट लनर पर्मिटको लिखित परिक्षा दिएर रोड टेष्ट पास गरेपछि लाइसेन्स पाउने प्रावधान राखेको छ । सिटिले नेपाली र बंगाली समेत गरि अहिलेसम्म १४ विभिन्न भाषामा जान पाउने व्यवस्था गरेको जनाएको छ । ‘ न्युयोर्कसिटिमा रहेका सवै सेवा ग्राहीलाई समान तवरबाट सेवा दिनका लागी भाषा बाधक नहोस भन्ने लक्ष्य अनुरुप विभिन्न भाषाबाट जाच दिन पाउने व्यवस्था गरेको हो ‘ डिएमभिको कार्यवाहक कमिसनर मार्क जेएफ सोइदरले विज्ञाप्तीमा भनिएको छ ।

सिटिले जारी गरेको विज्ञाप्ती https://dmv.ny.gov/press-release/press-release-03-26-2019

सम्बन्धित समाचार