न्युयोर्कमा परम्परागत ल्होसार ल्हासोल फेबररी २५ मा

November 28, 2017

न्युयोर्क- शेर्पा समुदायको महान चाड ल्होसार ल्हाप्सो ( ल्हासोल) परम्परागत रुपमा मनाउने हो भने ल्होसारकै अवसरमा मनाउनु उपयुक्त हुने धर्मगुरुहरुले बताएको छ । ल्होसार हरेक वर्ष हिउद महिनामा पदै आएको छ । धर्म गुरुहरुले ल्होसारको आगमानसंगै ल्हासोल गरेमा मौलिक परम्परा जोगिने बताएका छन । ‘ धार्मिक रुपमा ल्हासोल अघि पछि जहिले गरेपनि हुन्छ तर ल्होसारको ल्हासोल मौलिक परम्परा अनुसार भने ल्होसारकै अवसरमा आयोजना गर्दा उपयुक्त हुने देखिन्छ ‘ शेर्पा किदुगका आवतारी गुरु लामा टुल्कुले भने-‘ विदेशमा भएपनि ल्हासोल ल्होसारकै विशेष अवसरमा गरेमा भावी पुस्ता माझ हाम्रो पहिचान जोगिने छ ‘ ।
‘ ल्हासोल हामीले मौलिक परम्परागत अनुसार मनाउने हो भने ल्होसारकै विशेष अवसरमा मनाउनु पर्छ’ बौद्ध धर्मगुरु डा युला शेर्पाले भने -‘ धर्म शास्त्रमा ल्होसारमै ल्हासोल मनाउने भनेर नलेखेको भएपनि परम्परागत रुपमा हामीले ल्होसारमै मनाउदै आएकोले ल्होसारमै ल्हासोल मनाउनु धेरै राम्रो हो ‘ । सुविधाको लागी भनेर ल्होसार पछि ल्हासोल मनाएपनि हुन्छ तर त्यसले परम्परागत मान्यता नहुने डा शेर्पाले बताए । ‘ सवैको भावनालाई कदर गरेरनै न्युयोर्कमा ल्हासोल अघिपछि परेको हो तर पहिलादेखिन ल्होसार ल्हासोल गदै आएकोले परम्परा बसेको हो’ रिक्सुङ लोप्टका प्रमुख प्रशिक्षक गिर्मि छोढकले बताए ।

यस अघि लामो समय हिउदको जाडोमा हुदै आएको ल्हासोल बालबच्चा, बृद्ध र आयोजकको सुविधाको लागी भनेर बसन्त ऋतुमा सरेको किदुगको निवर्तमान अध्यक्ष दावा जाङबु शेर्पाले बताए । लामो समयदेखिन परम्परागत रुपमा मनाउदै आएको ल्होसालको महत्व दिनका लागी लामा गुरुहरु र किदुग कार्यसमितिसग छलफल गरेरनै यस पटक ल्होसारकै अवसरमा आयोजना गर्न लागेको ल्हासोल आयोजक समितिका सदस्य पासाङ शेर्पाले बताए । ल्हासोल आयोजक, किदुग कार्यसमिति र शेर्पा कल्चर सेन्टरको आइतबार बसेको बैठकले यस पटकको ल्हासोलको तयारीको बारेमा आइतबार शेर्पा किदुगमा वृहत छलफल भएको थियो ।
‘ यस वर्षको लागी विगतको ल्हासोलमा उपस्थित भएकोहरुबाट आएको बहुमत रायसुझाव, लामा गुरुहरु र ल्हासोल आयोजक कमिटिको आग्रह अनुसारनै यस वर्षको लागी हामीले ल्होसारमै ल्हासोल गर्ने निर्णय गरेको हो’ किदुगको अध्यक्ष उर्गेन शेर्पाले बताए । उनका अनुसार यस पटक पनि विगतमा झै प्राइभेट कार लिएर जान सकिने छ तर पार्किङ स्थल भने पहिलाको भन्दा थोरै टाढा रहेको छ । ल्हासोल छेचुकुन्सेलिङ गुम्बा वाल्देनमा हुने भएको छ ।

लामा टुल्कुका अनुसार ल्होसार ल्हाअसोल छेवा चिदेखि छेवा च्याङा पुणिर्माभित्रमा गदै आएको छ । काठमाडौमा हो भने हरेक वर्ष ल्होसारको तेस्रो दिन छेवा सुमको दिन हुदै आएको छ । यस पटक न्युयोर्कमा भने छेवा च्युउ गुरु रिम्पोचेको विशेष दिनमा परेपनि पदेन परेकोले सबै पुजा गर्न मिलेपनि लुङदा लगाउन नमिल्ने भएको छ । ल्हासोलको दिनमा टांग्ने लुङदाहरु ल्होसारको पहिलो दिन (छेवा चि) को दिन किदुगको गुम्बामा पुजा (रम्ने ) गरेर २२ तारिख टाङगने भएको छ । त्यो दिन पदेन परेपनि शुभ मंगलको पाठ (टसिचेक्पा ) पाठ गरेपछि केही फरक नपर्ने टुल्कुको भनाई रहेको छ । ल्हासोलमा सहाभागी हुनेहरुको लागी विभिन्न जिल्लाका प्रतिनिधिहरुबाट टिकट वितरण भइरहेको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित समाचार