न्युयोर्कमा प्रज्ञापारमिता सुत्र र युम बाचन हुने ।

June 8, 2018

विश्व शान्तिको प्रतिक भगवान गौतम बुद्धले प्रतिपादन गरेका अत्यन्त महत्वपुर्ण र गहिरो दर्शन प्रज्ञापारमिता सुत्र अर्थात १२ ठेली यूम आगामी जुन महिनाको २३ तारिख शेर्पा किदुगको गुम्बामा वाचन गर्न लागेको आङ बाबु शेर्पाले बताएका छन । उनका अनुसार उक्त दिन शुभ साइत परेकोले बुम सुत्र बाचन गरिसकेपछि छोक चडाउने यो महान कार्यको लागी शिदे कुन्खेप्लिंग धर्म सेन्टरमा आबद्ध सदस्यहरुले जुस ,पानी र खाजाको व्यवस्था गरेको छ ।

त्यस्तै गुम्बाको भाडा, भोजन र लामाहरुलाई चढाउने दक्षिणाको लागि सहयोग गर्न इच्छुकहरुले ग्येशे टाशी दोर्जीलाई सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन । यो धार्मिक कार्यमा सम्पूर्ण लागत खर्च कट्टीगरि बचेको रकम बुद्धवचन अनुबाद समिति नेपाललाई पठाउने भएको छ । यो समितिले हाल १२ ठेली यूम सुत्र ३ ठेली ङिटी र १ ठेली गेतोङबा पहिलो पटक नेपाली भाषामा अनुबाद गरिरहेको छ ।

सम्बन्धित समाचार