न्युयोर्कमा भव्यताका साथ विश्व शान्ति पुजा

September 30, 2017

 

विश्व शान्ति तथा मानव कल्याणको निम्ति शाक्य मेलम छोक्पा युएसद्धारा अपस्टेट न्युयोर्कमा आयोजना गरिएको विश्व शान्ति पुजा भव्यताका साथ सम्पन्न भयो । पुजामा शाक्य रिम्पोछे तथा र शाक्य टि्रजेन रत्न रिम्पोछेको प्रमुख अतित्थ्यमा भएको थियो । रिम्पोछेहरुको साथमा करिब एक सय ४ जना धर्मगुरुहरुको उपस्थिति थिए । उक्त कार्यक्रमलाई मुस्ताङ किदुगले विशेष सहयोगी भुमिका निभाएका थिए ।

चार दिने उक्त कार्यक्रम अन्र्तगत शनिबारको दिन मुस्ताङ किदुगले उपस्थित सवैलाई खानाको व्यवस्था गर्नुको साथै कार्यक्रम अवधीभरि स्वयमसेवक, किचेन तथा सास्कृतिक कार्यक्रमको संयोजन गरेको अध्यक्ष राजकुमार विष्टले बताए । ‘ विश्व शान्ति र मानव कल्याणको लागी सम्पन्न यो कार्यक्रममा मुस्ताङ किदुगले सहयोगी सस्थाको रुपमा कार्य गर्न पाउदा अत्यन्तै खुसी लाग्यो’ अध्यक्ष विष्टले बताए ।

कार्यक्रममा विभिन्न हिमालयन बौद्ध समुदायको साथ मुस्ताङ किदुगको बढि बाहुल्याता रहेका थिए । अध्यक्ष विष्टका अनुसार यस पटकको पुजामा मुस्ताङ समुदायबाट १३ सय सहाभागीहरुले भाग लिएका थिए । कार्यक्रमको अन्तिम दिन उपस्थित सबै सहाभागीहरुलाई अन्तिम दिन शाक्य रिम्पोचेद्धारा अभिषेक प्रदान गरेका थिए ।

सम्बन्धित समाचार