न्युयोर्कमा मनाइयो माउन्ट एभरेस्ट डे

June 3, 2019


सर्वोच्च शिखर सगरमाथामा मानव पाइला राखेको ६६ औ बर्षगाँठको अवसर पारेर न्युयोर्कमा माउन्ट एभरेष्ट डे मनाइएको छ । सन १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला राखेको ऐतिहासिक दिनको स्मरण गर्दै सगरमाथा दिवस (माउन्ट एभरेष्ट डे ) मनाउँदै आएको हो ।

 

 

न्युयोर्कमा विगत झै यस पटक पनि युएस नेपाल क्लाइबर्स एसोसियसनले विविध कार्यक्रमको साथ एभरेष्ट डे मनायो । यस पटक एसोसियसनले ज्याक्सन हाइटको मुटु डाइभर्सिटि प्लाजामा माउन्ट एभरेष्ट डेको चर्चा गदै दिनभरि विविध साँस्कृतिक कार्यक्रमको साथ माउन्ट एभरेष्ट डे मनायो । कार्यक्रम धर्म गुरु आवतारी लामा टुल्कु र नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराईले भगवान बुद्धको प्रतिमामा बत्ति बालेर उदघाटन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई आयोजक सस्थाका सचिव कर्ण तामाङले स्वागत मन्तव्य दिएका थिए । शेर्पा किदुगका बालकलाकारहरु प्रस्तुत स्वागत गीत र राष्ट्रिय गानाबाट कार्यक्रमको शुरुवात भएको थियो ।

कार्यक्रममा शेर्पा संघका अध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा, लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, खाङरी ग्रुपका सस्थापक ग्याल्जेन नुरु शेर्पा, लियोन, चर्चित अमेरिकन आरोही भेनेसा र नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराईले एभरेष्ट डेको बारेमा मन्तव्य दिएका थिए । सस्थाको महासचिव मिङमार लामाद्धारा सञ्चालित कार्यक्रममा सस्थाका अध्यक्ष पासाङ निमा शेर्पाले एभरेष्ट डे कार्यक्रममा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए ।

 

दोश्रो चरणमा हिमालयन शेर्पा सास्कृतिक केन्द्रको देण्डी शेर्पा समुहको शेर्पा लोक नृत्य सेब्रू , शेर्पा किदुगको सेब्रु नृत्य, तमु परिवारद्धारा गुरु समुदायको मौलिक घाटु नृत्य, प्रेम महर्जनद्धारा नेवारी सस्कृतिमा आधारित लाखे नृत्य, झन्कार डान्स सेन्टर र बसन्त डान्सको सेन्टरको कलाकारहरुको नृत्यसंगै गायकहरु जगदिस समाल, फरा देण्डी लामा शेर्पा, आङ गेलु शेर्पा आदी कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । सास्कृतिक कार्यक्रम डोल्मा शेर्पा र सेवि ससरले उदघोषण गरेकी थिइन ।

सम्बन्धित समाचार