न्युयोर्कमा मनायो सुदुरपश्चिमेली गोःरा पर्व

August 29, 2017


सुदुरपश्चिमबाट न्युयोर्कमा बसोबास गदै आइरहेको नेपालीहरुको प्रतिनिधित्वमुलक सस्था सुदुरपश्चिम समाज अमेरिकाले न्युयोर्कमा पहिलो पटक विशेष कार्यक्रमको साथ गोःरा पर्व मनायो । यो पर्व सुदुरपश्चिमको प्रमुख पर्वको रुपमा मनाउदै आएको छ । न्युयोर्कको सत्यनाराण मन्दीरमा आयोजित कार्यक्रमको उदघाटन प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल कन्सुलेटको महाावाणिज्यदूत मधु मरासिनीले पानसमा बत्ति बालेर उदघाटन गरेका थिए । कार्यक्रमा महाबाणिज्यदुत मरासिनिले प्रवासमा सुदुरपश्चिमको मौलिक कला सस्कृति झर्गेना गर्न समाजले योगदान पुर्‍याएको बताएका थिए ।

समाजका अध्यक्ष ममता जोशीको सभापतित्वमा भएको कार्यक्रममा गणेश विष्टले स्वागत मन्तव्य लगतै साहित्यकार तथा गोःरा पर्वका संयोजक किशनसिह धामीले गोःरा देवीको उत्पती, देवीको महिमा र कार्य प्रस्तुत गर्नुका साथै त्यो क्षेत्रका शक्ति पीठहरुको बयान गरेका थिए । त्यस्तै उक्त अवसरमा जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, प्रवासी मन्चका पुर्व अध्यक्ष सन्जय थापा, एनआरएनका बरिष्ठ उपाध्याक्ष कृष्ण पोखरेल, समाजका पुर्व अध्यक्ष दिलेन्द रावल, रिज्युउड सोसाइटीका अध्यक्ष रवि कोइरालाले शुभकामना मन्तव्य दिएका थिए । मन्तब्य लगतै गोःरा पर्वको चर्चित नृत्य देउडा नाचगान शुरु गरेका थिए । नृत्यमा सुदूरपश्चिमका महिलाहरु र पुरुषहरुको बाक्लो उपस्थिति थिए ।

उक्त अवसरमा सुदुरपश्चिमबाट तेक्वान्दो खेलमा ख्याती कमाउन सफल दिपक विष्टलाई सम्मान गरेका थिए । कार्यक्रममा रैभान महरा र हंसराज जोशीले गोःरा देबीको प्रतिमा सजाएका थिए भने देबकी बिष्ट, माया बिष्ट आदि महिलाहरुले गोःरा देवीको प्रतिमालाइ टाउकोमा राखेर नचाएको थिए । त्यस्तै तारा धामीले ढुस्को र सगुन गाएको थिए भने न्युजर्सीबाट बर्तालु महिलाहरु रजनी बिष्ट, उषा बिष्ट, यशोदा मल्ल बिष्ट, उर्मिला बिष्ट, माया बिष्ट तथा बिष्ट परिवारले खुट्टाको तालमा र गीतको लयमा गोलाकारमा देउडा नृत्य गरेका थिए ।

सम्बन्धित समाचार