न्युयोर्कमा महिला समुहको तीज

September 2, 2019

हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर अमेरिकाको विभिन्न राज्यहरुमा तीज कार्यक्रम मनाएको छ । न्युयोर्कमा पनि विभिन्न सस्थाहरुसंगै न्युयोर्क र न्युजर्सी आसपासमा रहेका दिदिबहिनिहरुको समुहले सत्यनारायण मन्दिरमा भव्यताका साथ तीज मनाएका छन । सन २००७ मा ९ जना नेपाली चेलीहरु मिलेर शुरुवात गरेको यो तीज अहिले संभवत न्युयोर्ककै सबैभन्द ठुलो तीज कार्यक्रमको रुपमा हुन थालेको छ । यस पटक सत्यनारायण मन्दिरमा पुरै खचाखच भरिएको थियो ।
‘ सबै दिदी बहिनीहरुको मन मिलाएर बर्षमा एक ठाउमा हामीले सामुहिक रुपमा खुसी बाडनका लागी एकै थलोमा तीज मनाउदै आएको हो ’ न्युयोर्क न्युजर्सि महिला समुहकी सदस्य नर्वदा क्षेत्रीले भने—‘ यो एक सामुहिक आनन्दा र महिला सशक्तीकरणको नमुना हो’ । ‘ हाम्रो उद्धेस्य भनेको परम्परागत सस्कृति अनुसार मन्दिरमा गएर चोखो खाएर रमाइलो गर्ने इच्छा अनुसार मन्दिरमै लामो समयदेखिन तीज मनाउदै आएको हो ’ । समुहकी सदस्य नर्वदा क्षेत्रीले बताइन ।

तीजको दिन मन्दिरमा भेला हुने दिदीबहिनीहरुको आर्थिक सहयोगले गदै आएको तीज परम्परागत सस्कृति जर्गेनाको साथै कार्यक्रमबाट बचेको रकम सामाजिक सेवामा प्रयोग गदै आएको क्षेत्रीले बताइन । उनका अनुसार तीज कार्यक्रममा उपस्थित हुनेहरुले दिएको सहयोग रकम र बाहिरबाट दिएको सहयोगले हलभाडा, खानापिनको लागी खर्च गरेर बचेको रकम यस अघि बाढीपिडितको लागी मधेसीको सस्थालाई एक हजार डलर, धुर्मुस सुन्तालीको बाढीपिडितको लागी एक हजार डलरको दिइसकेकी छिन ।

त्यस्तै यस पटक बचेको एक हजार डलर पनि आधा नेपालमा असहय अनाथको बालबच्चाको शिक्षाको लागी र आधा रकम न्युयोर्कमा खाना र छानामा अभाव भएकोलाई दिन लागेको समुहकी सदस्य नर्वदा क्षेत्रीले बताइन ।
परिवर्तित समय अनुसार तीजको नाममा अहिले बडदै गएको व्यापारिकरण, तडकभडक र खर्चालु कुराहरु गर्न हुन्न भन्नेतिर महिला समुह सचेत रहेकी उनी बताउछीन ।

‘ हामी नेपालीको परम्परागत संस्कृतिको नाममा जहा पुगेपनि सस्कृतिलाई जर्गेना गर्नु पर्छ तर परिवर्तनको नाममा उत्श्रृखल व्यवहार गर्नु हुदैन ’ । उनले भनिन । यस पटक पनि मन्दिरमा तीज मनाउन उपस्थित दिदीवहिनीहरुले दर खाएर नाचगान गरि रमाएकी थिए । महिला समुहले हरेक बर्षको तीज कार्यक्रममा नेपाली समुदायमा महिला दिदी बहिनीले गरेको योगदानको खोजि गरि पहिचान गदै सम्मान गर्ने क्रममा यस पटक अधिकारको कार्यकारी निर्देशक पवित्र खाती बेन्जमिन, भान्साघरको विमला श्रेष्ठ र पेमा शेर्पालाई सम्मान गरिएको थियो ।

न्युर्योक र न्युजर्सिका ९ जना महिला समुहका सदस्यहरु नर्वदा क्षेत्री, रेणु शर्मा सापकोटा, सुनिता हमाल, गीता खनाल, पुनम राणा मल्ल, पेमा शेर्पा, नम्रता प्रधान, वृन्दा राई, सरिता पराजुलीको विशेष सक्रियतामा यो तीज मनाउदै आएको छ । तीज कार्यक्रममा खाना पकाएर खुवाउने कार्यमा पुरुष दाजुभाईहरुले स्वयमसेवकको भुमिका निभाएका थिए ।

सम्बन्धित समाचार