न्युयोर्कमा मुस्ताङ छोङगु साझ

February 28, 2018


मुस्ताङ किदुग युएसएले ल्होसारको अवसर पारेर न्युयोर्कमा ल्होसार छोङगो सांझ सास्कृतिक कार्यक्रमको आयोजना गरियो । नेपाल महाबाणिज्यदुताबासका महाबाणिज्यदुत मधु मरासिनिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्टको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रममा जनजाती महासंघ फिफनाका अध्यक्ष मान बहादुर राणा मगर , मुस्ताङ किदुगका पुर्व अध्यक्ष छेपक दोर्जी गुरुङ र प्रमुख अतिथि मरासिनिले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

दोश्रो चरणको कार्यक्रममा लोर्‍यासिप एसोसियसन कल्चर स्कुलका कलाकारहरु, बु्रकलिन आमा माने छोक्पाका कलाकारहरु, कागबेनी, मुक्तिनाथ झोङग गाउपालिकाको मौलिक नृत्यहरुको साथमा लोक दोहरी गायिका सुनिता दुलालले दोहोरी गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा किदुगलाई योगदान पुर्‍याउने आफनै समुदायका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

सम्बन्धित समाचार