न्युयोर्कमा मृत्यु भएका स्व लिम्बुको अन्तेष्टि

March 29, 2020

कोरोना संक्रमण भएर उपाचारको क्रममा मृत्यु भएका अनिल लिम्बुको आज अन्तेष्टि गर्न लागेको छ । न्युर्योक निवासी स्व लिम्बुको केही दिन अघि एलमष्ट अस्पतालमा उपाचारको क्रममा मृत्यु भएका थिए । ‘ अन्तेष्टिको लागी अस्पतालले फेनिरल होमलाई जिम्मा दिएर आज साढे २ बजे अन्तेष्टि गर्न लागेको हो ‘ जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्हाङले एभरेष्टटाइम्सलाई भने-‘ उहाको परिवार संक्रमण भएकोले फेनिरल होमको जिम्मामा अन्तेष्टि गर्न लागेको हो ‘ । स्व लिम्बुको अन्तेष्टिको लागी फेनिरललाई ११ सय ५९ डलर परिवारले तिरेको बताएको छ ।

सम्बन्धित समाचार