न्युयोर्कमा मे २० तारिख आइतबार नेपाल डे परेड हुने ।

May 16, 2018

अमेरिकामा नेपाल र नेपालीको पहिचान र गौरवसंग जोडिएको नेपाल डे परेड तेश्रो यही मे २० तारिख आइतबारको दिन बिश्वको राजधानी न्यूयोर्कमा हुने भएको छ । विभिन्न नेपाली संघ सस्थाहरु तथा समुदायको झांकी सहित म्यानह्टनको थर्टि एट स्ट्रीटको म्याडिसन एभिन्युबाट ११ बजे परेड शुरु हुने भएको छ । गैर आवासीय नेपालीहरुको संयुक्त अभियान अन्र्तगत नेपाल परेड डे यस पटक एनआरएन न्युयोर्क च्याप्टरको संयोजकत्वमा हुन लागेको छ । महिनौ देखिन हुदै आएको विवादलाई मिलाउने क्रममा नेपाल परेड गर्नकै लागी लिएको परेड अनमुति पत्रमा समेत एनआरएन न्युयोर्क च्याप्टरको नाम थपेर एनआरएनको अगुवाइमा यो साझा कार्यक्रमको शुरुवात गरेको छ ।

‘ पछिल्लो समय हामी वीच भइरहेको विवादहरुलाई मिलाउदै जाने क्रममा सवै सस्थाहरुलाई समेटेर लैजाउ भनेर एनआरएन न्युयोर्क च्याप्टरको संयोजनसंगै परेडको परमिट समेत एनआरएन न्युयोर्क च्याप्टरको नाम थपेर गर्न लागेको हो ’ परेडको संयोजक तथा एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारीले भने—‘ विदेशमा एनआरएननै सवैको साझा सस्था भएकोले नेपाल र नेपालीको हितमा हुने ठुलो कार्यक्रमहरुमा एनआरएनले संयोजनको भुमिका लिन खोजेको हो ’ । च्याप्टरको अध्यक्ष अधिकारी र नेपाल परेड डे इन्कको प्रतिनिधि लुइसाङले मगलबारनै प्रहरी विभागको अधिकारीहरुसग भेटी परमिटको बारेमा जानकारी लिइ एनआरएन न्युयोर्क च्याप्टरको नाम समेत परमिटमा थपेको थियो ।

एनआरएनको नाममा परमिट थप्न गएको बखत न्युयोर्क प्रहरी विभागका अधिकृतसंग फिपनाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा र एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी

यस पटकको परेडमा एनआरएनको संयोजनमा बनेको तद्धर्थ समितिले नेपाली कंग्रेसको भातृ संगठन जन सम्पर्क समिति अमेरिका, एमालेको भातृ संगठन प्रवासी मञ्च, मद्येशी एसोसियसन, कलाकारहरुको सस्था युएस नेपाल आटिष्ट एसोसियसन र नेपाल डे परेड सस्थाको प्रतिनिधि गरि ५ जना कन्भेनर तोकेको छ । विगतमा एक जना मात्र हुने कन्भेनर यस पटक विवादको कारण सबैलाई समेटनका लागी तदर्थ समितिको निर्णय अनुसार पाच जना कन्भेनर राखिएको संयोजक अधिकारीले बताए । ‘ अहिलेलाई जसरी हुन्छ तोकिएको समयमा नेपाल डे परेड गरु र सवैलाई मिलाएर लैजाउ भन्नकै लागी तदर्थ समितिको निर्णय अनुरुप पाच जना कन्भेनर बनाएको हो’ समितिका सदस्य तथा प्रवासी मञ्चका सचिव कृष्ण लामीछानेले बताए । अन्तिम सम्म पनि सवैलाई समेटेर परेड गरौ भन्ने उद्धेस्य अनुसार समिति लचिलो भएको लामीछानेले बताए ।

न्युयोर्क र आसपासका राज्यहरुमा बसोबास गदै आइरहेको नेपालीहरुको सामाजिक संघ संस्था एवम् संगठनहरूको संयुक्त पहलमा सन २०१६ देखि नै न्यूयोर्कमा नेपाल डे परेड हुदै आएको हो । विदेशमा नेपालको परिचय दिने विविध कला, संस्कृति, भेषभूषा झल्काउने नेपाल डे परेडबाट नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने र भावी पुस्तालाई बिभिन्न सम्प्रदायहरूको कला, संस्कृति र भेषभूषालाई चिनाउने र अभ्यास गराउनमा मद्धत पुर्‍याउदै आएको छ ।

यस पटकको परेडमा नेपाली राजदुताबास, महाबाणिज्य दुताबास लगायत नेपालबाट विशिष्ट अतिथिका साथ स्थानीय क्वीन्स बोरो प्रेसिडेन्ट मेलिन्डा केट्ज, काउन्सिलमेन जिम्मी ब्रामर, काउन्सिलमेन कोष्टा कोन्स्टाटिनटिडिज, काउन्सिलमेन डनियल ड्रम तथा न्यूयोर्क शहरका मेयर र कम्प्ट्रोलर कार्यालयका प्रतिनिधिहरु, कंग्रसम्यान क्राउलीका प्रतिनिधि परेडमा सहभागी हुने भएको संयोजक अधिकारीले बताए ।

तेश्रो नेपाल डे परेड तोकिएको दिनमा गर्नका लागी नेपाल डे परेड तदर्थ समिति गठन नेपाली बाणिज्यदुताबासको रोहबरमा गरिएको थियो । समितिले परेड डे सस्थाबाट रबिकिरण कोइराला (कन्भेनर) , जन सम्पर्क समितिबाट (महेश मल्ल (कन्भेनर) ,प्रवासी नेपाली मञ्चबाट (अर्जुन बहादुर सिंह ( कन्भेनर) , कलाकारबाट ( गम्बु शेर्पा (कन्भेनर) , मधेशी समुदायबाट (मनोज सिंह ( कन्भेनरको रुपमा राखिएको छ । त्यस्तै मिडिया कोर्डिनेटरमा आङछिरिङ शेर्पा र स्टेरिङ कमिटिको सदस्यहरुमा निमा शेर्पा, मिलन शाही, बिनिता तामाङ, लक्ष्मी श्रेष्ठ, अनु खड्का, बिजया सिम्खडा, सतेन्द्र साह, राजेश सापकोटा, विश्व बस्तोला, राजन गौली, पवन योन्जन , शिव कमल पौडेल, मणी वाङ्देल राई, ब्रजेश लामा र परेडकै लागी अरु विभिन्न सस्थाहरुको प्रतिनिधिहरुलाई आजनै थप्ने गरि स्टेरिङ कमिटि पुर्ण हुने भएको छ ।

गत मे १ तारिख नेपाली महाबाणिज्यदुताबासमा भएको सवै सस्थाहरुको सहमति बैठकले फिफनाको बरिष्ठ उपाध्याक्ष राजकुमार विष्ठको संयोजकत्वमा तद्धर्थ समिति गठन गरेको थियो । तर फिपनाको आन्तरिक हिसाब नमिलेको भनी विष्ठले संयोजकबाट अलग भए लगतै एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारिको संयोजकत्वमा नेपाल परेड तदर्थ समिति गठन गरेको थियो । समितिमा बन्दना कोइराला ( एन आर एन ग्लोबल, सञ्जय थापा ( एनआरएनए अमेरिका) कृष्ण लामिछाने (प्रवासी मंच, अमेरिका ) महेश मल्ल ( नेपाली जनसम्पर्क समिति अमेरिका) लुइसाङ वाइवा तामाङ ( पूर्व कन्भेनर) , रबिकिरण कोइराला (रिजउड नेपाली सोसाईटी), सुमन बुढा कलाकार संघ अमेरिका, मनोज सिंह (मधेसी एसोसीएसन अमेरिका, न्यूयोर्क च्याप्टर), मोहन वाइवा खेलकूद संघ ) र आङछिरिङ्ग शेर्पा (नेपाल अमेरिका पत्रकार संघ ) रहेको छ ।

सम्बन्धित समाचार