न्युयोर्कमा विभिन्न समुदायहरुसंगै तीन दर्जन झाँकीको साथ आइतबार परेड हुदै ।

May 18, 2019

अमेरिकाको न्युयोर्कस्थित म्यानहृटन शहरमा विभिन्न समुदायहरुको दुई दर्जन भन्द बढि झाँकीहरुको साथ भोलि मे १९ तारिख आइतबार नेपाल डे परेडको हुने भएको छ । नेपाल र नेपालीको गौरव र पहिचानको कार्यक्रम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवस, बुुद्ध जयन्ती र माउन्ट एभरेष्ट डे को अवसर पारेर न्युयोर्कमा नेपाल डे परेड हुदै आएको छ । नेपाल परेड डे परेडको नवगठित बोर्ड र स्टेरिङ कमिटिको आयोजनामा हुन लागेको परेडको अन्तिम तयारी पुरा भएको जनाएको छ ।

‘ विगत भन्द यस पटकको परेडमा फरक किसिमको आर्कषक झाकीहरु देखिने भएको छ ‘ नेपाल डे परेड २०१९ को झाँकी संयोजक आङ जाङबु शेर्पाले भने-‘ विभिन्न जातजातीको मौलिक सस्कृति झल्कने झाकीहरुको साथमा पञ्चेबाजा समेत परेडमा प्रस्तुत हुने तयारीमा छौ ‘ उनका अनुसार अहिलेसम्म विभिन्न तीन दर्जन बढि झांकीहरुको आउने तयारी भइसकेको छ । आङ जाङबु शेर्पा किदुगका पुर्व महासचिव तथा एनआरएनए पर्यटन संयोजक हुन ।

यस पटकको परेडमा नेपाल चिनाउने स्वयम्भुनाथको स्तुपा र पशुपतिनाथको मन्दिर पनि ट्रकमा राखेर गुमाउने भएको छ । उक्त स्तुपा र पशुपतिनाथ मन्दिर राइडफर नेपालका सस्थापक प्रदीप श्रेष्ठले झिकाएका हुन । नेपाल र अमेरिकाकेा झण्डा फराउदै परेडमा नेपाली कलाकारहरुको मौलिक गीतसंगीतको धुन म्यानहृटनको सडकमा गन्किने कला तथा सस्कृति संयोजक सिरु स्याङदेनले बताए ।

न्युयोर्क लगायत आसपासमा रहेका नेपाली समुदायहरुको साथै संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत कुमार राई, नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराई र न्युयोर्कसिटिका काउन्सीलम्यानहरुको उपस्थित हुने परेड म्याडिसस्टित थर्टिएट स्ट्रटीबाट दिउसो १ बजे अगावै शुरु हुने भएको छ । आगामी नेपाल पर्यटन बर्ष २०२० को अवसर पारेर हुन लागेको नेपाल डे परेड न्युयोर्कमा नेपाल चिनाउनमा मद्धत पुग्ने भएकोले सबैलाई सहाभागी हुन नेपाली कन्सुलेट आव्हान गरिसकेको छ ।

 

सम्बन्धित समाचार