न्युयोर्कमा सामुदायिक श्रोत मेला ।

January 29, 2019

न्युयोर्कमा रहेका विभिन्न नेपाली समुदायहरुलाई लक्षित गरि शेर्पा किदुगले न्युयोर्कसिटिको विभिन्न निकायको प्रतिनिधिहरुको उपस्थितिमा सरकारी स्रोत मेला कम्युनिटि फेयर कार्यक्रमको आयोजना गरियो । नेपाली समुदायहरुलाई सिटिले दिदै आइरहेको सेवा, सुविधा र अवसरहरुको बारेमा जानकारी दिनका लागी मेलाको आयोजना गरेको किदुगले जनाएको छ । कार्यक्रममा न्युयोर्क सिटिको डिस्टिक २५ को काउन्सील मेम्बर डेनियल ड्रम र नेपाली कन्सुलेटका नायव महाबाणिज्यदुत पुष्प भट्टराई लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति थिए ।


मेलामा न्युयोर्क सिटिका विभिन्न सरकारी निकायका प्रतिनिधिहरुले आ आफनै कार्यालयको अन्य विभिन्न सस्थाहरुले आ आफनै स्टल राखेर समुदायलाई जानकारी दिएको थियो । काउन्सीमेन ड्रमले हिमालयन समुदायलाई लक्षित गरि आयोजित मेलाले बेला बेलामा अप्रावसीहरुले भोग्नु परेकेा विविध समास्या र उनीहरुले थाहा नपाएको कुराहरुलाई सरकारी निकायकै अधिकारीहरुको उपस्थितिमा जानकारी दिलाउने उद्धेस्य अनुरुपनै मेला गरेको बताए । नेपाली कन्सुलेटका नायव महाबाणिज्यदुत पुष्प भट्टराईले यस्तो मेलाले नेपाली समुदायमा सिटिको सुविधा नपाएको र अवसर नपाएको धेरैलाई फाइदा भएको बताउदै यस्तो मेलासंगै सिटिले नेपाली भाषालाई मान्यता दिनुपर्ने र दक्ष नेपाली युवालाई रोजगारको अवसर दिलाउन आग्रह समेत गरेका थिए ।


मेलामा करिब विभिन्न २२ विभिन्न क्षेत्रका स्टालहरु राखिएका थिए । किदुगको आफनै भवनमा भएको कार्यक्रममा आदीवासी जनजाती महासंघ फिफना, काउन्सील मेम्बर डयानिल ड्रम लगायत अन्य संघसस्थाहरु र व्यक्तिहरुले सहयोग गरेका थिए । दिउसो १ बजेदेखि ४ बजेसम्म भएको मेलामा सहाभागीहरुले निशुुल्क स्वस्थ जाच, न्युयोर्क सिटिले दिदै आएको स्वस्थ्य, शिक्षा, रोजगार, साना व्यवसाय, श्रम, टिएलसि लगायत विभिन्न निकायको बारेमा जानकारी पाएका थिए । ‘ हामी नेपाली समुदायहरुले पाइरहेको र पाउन नसकेका सेवा सुविधा र अवसरहरुको बारेमा सम्बन्धीत निकायकै व्यक्तिहरुको उपस्थितिमा समुदायलाई महत्वपुर्ण जानकारी दिन पाउदा खुसी लाग्यो’ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले बताए । उनका अनुसार सार्वजनिक विदाको दिनमा हुन नसकेको यस्तो मेला विदाको दिन आयोजना गर्नु पाउनु आफैमा फाइदाजनक भएको छ । कार्यक्रममा नेपाली समुदायबाट स्वस्थ्य सम्बन्धीत नर्सिङ एसोसियसन -नाना)बाट निशुल्क जाच र कानुन व्यवसायी रमेश श्रेष्ठबाट कानुनी सल्लाह लिएका थिए । यस अघि न्युयोर्कको नेपाली समुदायहरुलाई लक्षित गरि न्युयोर्क सिटि काउन्सील डिस्टिक २२ का काउन्सील मेम्बर कोष्टा कोष्टानडीस र एनआरएन न्युयोर्क च्याप्टरले पनि इष्टएलमष्टको विद्यालयमा यस किसिमको सामुदायिक सरकारी श्रोत मेला आयोजना गरेका थिए ।

सम्बन्धित समाचार