न्युयोर्कमा ९ औ सुम्निमा साझ

December 29, 2017

किराती राई समुदायले हरेक वर्ष बैसाख र मंसिर महिनाको पुर्णिमालाई उभौली र उधौली पर्वको रुपमा मनाउदै आएको छ । राई समुदायको यो प्रमुख पर्वको अवसर पारेर अमेरिकामा क्रियासिल किराती राई सोसाइटी अफ अमेरिका (केआरएस) ले न्युयोर्कमा ९ औ सुम्निमा साझ कार्यक्रमको आयोजना गरियो । दुई चरणमा भएको कार्यक्रमको पहिलो औपाचारिक कार्यक्रममा सुम्निमा साझको संयोजक सुमन नाछिरिङ राईले प्रवासमा आफनो मौलिक कला संस्कृतिलाई जर्गेना गर्नका लागी हरेक वर्ष नियमित रुपमा आयोजना गर्ने क्रममा यस पटक ९ औ सस्कारणको रुपमा सुम्निामा साझ आयोजना गरेको बताएका थिए । त्यस्तै बोर्ड अफ चेयर प्रमोद थुलुङले किराती राई समुदायको यो महान पर्व उभौली उधौलीमा आफना नातागोता र इष्टमित्रहरुको साथै सबैसग रमाइलो गर्ने चलन अनुसार सवैको उपस्थितिमा भव्यताका साथ मनाउदै आएको जानकारी दिएका थिए ।

केआरएस न्युर्योक च्याप्टरका अध्यक्ष भारती राईको सभापतित्वमा भएको कार्यक्रममा केआरएसका सस्थापक अध्यक्ष तथा सल्लाहकार मणि वाङदेल र कार्यक्रमको प्रमुख अतिथि एनआरएन अमेरिकाका महासचिव विआर लामाले मन्तव्य दिएका थिए । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान दिदै आएका व्यक्तिहरुलाई पनि सम्मान गरेका थिए । कार्यक्रममा एनआरएन आइसिसिमा हालै निर्वाचित उत्तर अमेरिकी क्षेत्रिय उपसंयोजक (डिआरसि) नविन शेरचन, पुर्व प्रध्यापक डा तारा निरौला, मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्ट लगायत अन्य विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

दर्जनौ राई कलाकारहरुले ढोल र भ्याप्टा बजाउदै किराती राई समुदायको मौलिक नृत्य साकेला प्रस्तुत गरि दोश्रो चरणको सास्कृतिक कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा कलाकारहरु नरेन्द्र प्यासी, तिलकबम मल्ल, राजेन्द्र राई, बसन्ती राई,सुमन बुढा मगर पार्वती राई, आदित्य लामा, राहुल राई, बसन्ती राई, यशोधा खालिङ राई, दिलीप मगर र बसन्त डान्स सेन्टरका कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

 

 

सम्बन्धित समाचार