न्युयोर्कमा हृयोल्मो सोनम ल्होसार

January 30, 2018

हृयोल्मो सोसाइटी अफ अमेरिकाले २१४५ ख्यी ल्हो सोनम ल्होसार न्युयोर्कमा विशेष कार्यक्रमको आयोजना गरि मनायो । विहानी पुजापाठसंगै दिउसो एक आपसमा भेला भई हृयोल्मो ल्होसारको विशेष परिकार खाएर रमाउदै मनाएका थिए । वर्षदिनको प्रमुख चाडको रुपमा मनाउदै आएको हृयोल्मो ल्होसार कार्यक्रम नेपाली कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा भएको थियो ।

न्युयोर्कको विभिन्न समुदायको प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा सोसाइटीका उपाध्याक्ष च्याङगा लामा च्याङले स्वागत मन्तव्य दिएका थिए । उक्त अवसरमा हृयोल्मो समुदायमा वकिल हुन सफल फुर्वा हृयोल्मोलाई सम्मान गरिएको थियो । कार्यक्रममा झन्कार डान्स सेन्टर र बसन्त डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा हृयोल्मो कम्युनिटि सेन्टर निर्माणको लागी सहयोग गर्नेहरुलाई पनि सोसाइटीले प्रशंसा पत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार