न्युयोर्कमा ५० जना विद्यार्थीहरुको घरघरमा खाद्य समाग्री वितरण

June 1, 2020

कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुह न्यूयोर्कले कोरोना भाइरसको कारण समास्यामा परेका ५० जना नेपाली विद्यार्थीहरुलाई आइतबार खाद्य सामाग्री बितरण गरेको छ । समुहले यो समेत गरि छैटो पटक विद्यार्थीहरुको घरदैलोमा खाध्य सामाग्री पुर्‍याइदिएको छ । समुहलाई यस पटकको खानाको प्रयोजन शेर्पा किदुकले गरेका थिए । शेर्पा किदुगले ग्रौ एनवाइसि र गायत्री परिवार युएसएबाट प्राप्त भएको सामाग्री र त्यसमा किदुगले केही थप गरेर समुहलाई हस्तन्तरण गरेका थिए ।


समुहले यस पटक पनि विद्यार्थीहरुलाई करिब एक महिनाको लागी पुग्ने गरि चमाल, दाल, फलफुल, नुन,आलु, दुध लगायतका खाद्य सामाग्री वितरण गरेका थिए । समुहलाई खानासंगै सेवा इन्टरनेशनलको तर्फबाट ५० थान हातले बनाएको मक्स, त्यस्तै हरिशचन्द्र हमालबाट खाना प्याक गर्ने झोला सहयोग गरेका थिए । यस पटक ५० जना विद्यार्थीहरुको घरघरमा खाद्य समान वितरण गर्ने स्वयमसेवकहरुमा अच्यूत सिग्देल , बिष्णु राना मगर, आनन्द बिष्ट, राज कुमार बिष्ट, छिरिङ राप्के लामा, मिलन शाही, शिव बानिया, संगिता बिष्ट, नवराज खड्का, सोनाम गेल्बु शेर्पा , सीता गुरुङ, अकुर लुईटेल र आङ छिरिङ शेर्पा थिए । स्वयमसेवकहरुलाई आदीवासी जनजाती महासंघ अमेरिका फिपनाका निवर्तमान अध्यक्ष मान राणामगरले खाना उपलब्ध गरेका थिए ।


अहिले सम्म ३४३ जना एफवान स्टाटसमा रहेका इन्टरनेशनल स्टुडेन्टहरुलाई खाद्य सामाग्री वितरण गरिसकेको जानकारी समुहका संयोजक आनन्द विष्टले एभरेष्टटाइम्सलाई जानकारी दिएको छ । समुहलाई सहयोगीहरुले लगातार सहयोग दिदै आएकोले विद्यार्थीहरुलाई हरेक हप्ता वितरण गर्न पाएको संयोजक विष्टले बताए ।

सम्बन्धित समाचार