न्युयोर्क दोश्रो चरणमा खुल्यो

June 23, 2020

कोरोना भाइरसको इपि सेन्टर बनेको न्युयोर्क करिब ३ महिनाको लकडाउनपछि जुनको २२ तारिखदेखि दोश्रो चरणमा विभिन्न व्यवसायहरु खुल्ला भएको छ । कपाल काटने सलुनहरु, कार्यालयहरु, आउटडोर डाइनिङ, रियल स्टेट, गाडी विक्री पसलहरु, कार रेन्टल , कर्मसियल विल्डिङ म्यानेजमेन्ट जस्ता व्यवसायहरु दोश्रो चरणमा खुलेका छन । त्यस्तै केही खेलमैदानहरु पनि खुल्ला भएका छन ।

दोश्रो चरणमा १ लाख ५० हजारदेखि ३ लाख कामदारहरुले काम गर्न थालेको न्युयोर्क सिटिको मेयर विल दि ब्लाजिओले जनाएको छ । यस अघि पहिलो चरणमा टेकआउट गर्न मिल्ने गरि रेष्टुरेन्टहरु र कन्सट्रक्सनका कामहरु खुल्ला भएको थियो । दोश्रो चरणमा व्यवसायहरु खुल्ला भएपनि न्युयोर्कसिटिको गाइडलाइन अनुसार मुखमा मक्स लगाएर शुरु गरेका थिए ।

न्युयोर्कमा कोरोना संक्रमणको स्थिति विगतको तुलनामा निकै कम भएको गर्भनर कुमोले जानकारी दिएको छ । उनका अनुसार जुनको २१ तारिख आइतबार ५६ हजार ७ सय ८० जनाले कोरोना टेष्ट गरेकोमा ५ सय २२ जनाको पोजेटिभ देखिएको र ११ सय १२ जना अस्पतालमा भर्ना भइरहेका छन । त्यस्तै १० जना मृत्यु भएको छ । यो तथ्याङक अनुसार अझै पनि स्थिति पुरै राम्रो नभएकोले सबैले सुरक्षित अपनाउनका लागी न्युर्योक सिटिले जनाएको छ ।

सम्बन्धित समाचार