पाँच सय ९३ नयाँ सङ्क्रमित थप

June 26, 2020

काठमाडौं बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथाजनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८६ पुरुष १०७ महिला गरी कूल ५९३ मा कोरोना सङ्क्रमणपुष्टि भएको जानकारी दिए

काठमाडौँमा थप तीन जना पुरुषमा सङ्क्रमण पुष्टी भएको योसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको तीमध्ये एकहजार २४९ महिला १० हजार ५०४ पुरुष रहेका छन् मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रौतहट, सल्यान, नवलपरासीपूर्व, काठमाडौँ, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायत जिल्लामा गरी ५९३ जनामा सङ्क्रमण पुष्टि भएकोप्रवक्ता डा गौतमले जानकारी दिए अहिलेसम्म रसुवा बाहेक सबै जिल्लामा यो भाइरस फैलिसकेको

यस्तै बितेका २४ घण्टामा आठ महिला ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका उहाँले बताए योसँगै कोरोना निको हुनेको सङ्ख्या दुईहजार ६९८ रहेको मन्त्रालयले जनाएको नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको

सम्बन्धित समाचार