पुर्व राजदुत सिम्खडालाई न्युयोर्कमा स्वागत

August 29, 2019


जेनेभाका लागि नेपालका भूपू राजदूत तथा कूटनीतिज्ञ शम्भुराम सिम्खडालाई न्युयोर्कमा स्वागतसंगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । रोटरी क्लव अफ न्युयोर्क क्वीन्सद्वारा आयोजना गरिएकेा कार्यक्रम बाम्बो रेस्टुरेन्टमा भएको थियो । कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थिए । उक्त अवसरमा डा. कमलराज पाण्डेले नेपालको अर्थतन्त्रबारे विस्तृत व्याख्या गर्दै कुनै पनि बेला अर्थतन्त्र गिर्नसक्ने अवस्थामा पुगेको, रेमिटेन्सले मुलुक चलेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

त्यस्तै डा. गोविन्द कोइराला र डा. तारा निरौलाले नेपालको शिक्षा क्षेत्रमा चरम राजनीतिकरण गरिएकाले राम्रो जनशक्ति उत्पादन गर्न नसकिएको बताएका थिए । डा. मोह भट्टले नेपालको राजनीतिबारे टिप्पणी गर्दै मुलुक साच्चिकै पशुपतिनाथले बचाएको धारण व्यक्त गरेका थिए । त्यस्तै बरिष्ठ राजनीतिज्ञ रत्न लामा, व्यवसायी तथा समाजसेवी मोहन ज्ञवाली, पत्रकार तथा लेखक विके नेवाले नेपालमा हालको राजनीतिक नेतृत्व र राजनितिक अवस्थाको बारेमा चिन्ता व्यक्त गदै मुलुक शुशासन तथा समृद्धि तथा अघि बडन नसकेको दुखेसो गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व कूटनीतिज्ञ डा. शम्भुराम सिम्खडाले न्युयोर्कमा गरिएको स्वागतसंगै बुद्धिजीवीहरुसग अन्तक्रिर्या गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । अमेरिकामा बस्ने नेपालीहरुले नेपालको राजनीतिबारे चासो राखे पनि अमेरिकामा बस्ने नेपालीहरुले अमेरिकाकै राजनीतिको बारेमा बढि चासो दिनुपर्ने बताएका थिए । डा. सिम्खडाले नेपालमा दूरदर्शी राजनेताको अभावले गर्दा राजनीतिले सही बाटो लिन नसकेको बताएका थिए । उनले अमेरिका आई नेपालीहरुले विभिन्न क्षेत्रमा गरेको प्रगतिप्रति खुसी व्यक्त गरेका थिए । कार्यक्रमको संयोजक तथा रोटरी क्लव अफ न्युयोर्क क्वीन्सका अध्यक्ष नबराज केसीले डा. सिम्खडालाई खादा ओढाएर स्वागत गदै रोटरी क्लव अफ न्युयोर्कले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जनक भण्डारी, विदुर पौडेल, कुन्ती थापा, मुक्ति पाण्डे र विनिता पौडेल लगायतले पनि मन्तव्य दिएका थिए ।

सम्बन्धित समाचार