प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलन शेर्पा समुदायलाई मार्गनिर्देशन

September 12, 2017

नेपालको विभिन्न जिल्लाहरुबाट अबसरको खोजि गर्दे काठमाडौ र काठमाडौ हुदै अहिले विश्वको विभिन्न देशहरुमा अन्य समुदायहरु जस्तै शेर्पाहरु पनि बसोबास गदै आइरहेका छन । जुनसुकै देशमा पुगेपनि उनीहरु आफनो भाषा, धर्म र सस्कृतिको संरक्षणमा जुटिरहेका छन तर ती प्रयासहरु एकातर्फ प्रयाप्त छैनन् भने अर्को तर्फ शेर्पा समाजमा देखिएको विकृति तथा विसंगति प्रति पनि उनीहरु त्यतिकै चिन्तित छन । मातृभुमीबाट टाढा रहेका उनीहरु आफनो समुदायको हितसंगै विश्वव्यापी शेर्पा एकताको लागि यही २०१७ को अक्टुबर ८ र ९ मा हुन लागेको पहिलो विश्व शेर्पा सम्मेलनमा जाने तयारी गरिरहेका छन । शेर्पा समुदायको हितमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक विश्व शेर्पा सम्मेलन तयारी समितिको संयोजक तथा नेपाल शेर्पाको अध्यक्ष आङ दोर्जी लामा शेर्पा यतिखेर निकै व्यस्त छन । उनको नेतृत्वमा एकतिर विश्वभरिको शेर्पालाई एक ठाउमा भेला गराई समुदायलाई नया दिसा दिन विश्व सम्मेलन हुन लागीरहेका छ भने अर्कोतिर २७ वर्षपछि संघले राजधानीमा आफनै भवन खरिद गरि ऐतिहासिक कार्य गरीरहेको छ । दुबै कार्यमा निकै व्यस्त अध्यक्ष शेर्पासग विश्व शेर्पा सम्मेलन तयारीको बारेमा एभरेष्ट टाइम्सको लागी आङछिरिङ शेर्पा गरेको कुराकानी

पहिलो विश्व शेर्पा सम्मेलनको उद्धेस्य के हो

कुनै बेला गाउ छोडेर शहर र विदेश जाने क्रममा अहिले हामीहरुले दिनहु आफनो मौलिक भाषा र सस्कृतिहरु विर्सदै गएको अवस्था छ । यो विदेशमा मात्र होइन काठमाडौमा बस्नेहरुको पनि उही हालत हो । बसाई सराईको क्रमसंगै एकतिर भाषा विर्सन थालेको छ भने अर्कोरित सस्कृति र परम्परामा विकृति आउनु हाम्रो लागी चिन्ताको विषय हो । अब पनि हामीले गम्भिर रुपमा चासो दिन सकेनौ भने अबको पुस्तालाई हामीले शेर्पाको पहिचानको बारेमा सिकाउन सक्दैनौ । यस्तो महत्वपुर्ण कार्य एक दुई जनाले मात्र गरेर संभव छैन । अब हामी विश्वभरि जहा रहेपनि एक ठाउमा भेला भएर समास्या समाधान गर्नु पर्छ भन्ने उद्धेस्यका साथ यो ग्लोबल शेर्पा सम्मेलन गर्न लागेको हो । त्यस्तै मातृभुमी नेपाल र शेर्पा समुदायको सुखदुखमा सवैले एक भएर एउटै प्लेटफर्म मार्फत सहयोग गरौ भन्ने पनि सम्मेलनको उद्धेस्य हो । यसको साथै एनआरएनको अन्तराष्ट्रिय सम्मेलन अगाडी हुन लागेको यो सम्मेलनसंगै एनआरएनमा धेरै प्रतिनिधि भेला गराएर एनआरएनएनको अधिबेशनलाई सफल पार्न सहयोग गर्नु पनि अर्को उद्धेस्य हो ।

विश्व सम्मेलन गर्ने कुराको शुरुवात कहिलेदेखिन भएको हो । 

विश्व शेर्पा सम्मेलनको बारेमा करिब ८-१० वर्ष अघिदेखिनै नेपालमा रहेका हामीहरु र विश्वमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधिहरु वीच अनौपचारिक छलफल भएतापनि कार्यन्वयन हुन सकेको थिएन । त्यसैको सिलसिलामा सन २०१५ को डिसेम्बरमा विभिन्न १७ देशको प्रतिनिधिहरु वीच भएको स्काइप कन्फेरेन्स कलको बैठकले सर्वसम्मत रुपमा अघि बडाउनुपर्ने सहमति अनुसार तर्दथ समिति गठन भएको हो । त्यतिखेरै हामीले पहिलो सम्मेलन नेपालमै गर्ने निर्णय गरी शेर्पा संघको अध्यक्षको संयोजकत्व तथा युरोप शेर्पा संघको अध्यक्ष आङ पुला शेर्पाको सहसंयोजकत्वमा तथा विभिन्न देशहरुको संघ सस्थाहरुको अध्यक्षहरु सदस्य रहने गरी विश्व शेर्पा संघ तदर्थ समिति गठन गरेका हौ । तत्कालिन शेर्पा किदुगका महासचिव आङ जाङबु शेर्पालाई सदस्य सचिवको राखिएको थियो । त्यही अनुसार सम्मेलन तयारीको शुरुवात भएको हो ।

समितिले अहिले सम्मेलनको तयारी कसरी गरिरहेको छ

सम्मेलन तयारी समिति अन्तिम अवस्थामा पुगेको छ । सम्मेलन नेपालमा हुने भएको हुदा सम्पुर्ण व्यवस्थापन शेर्पा संघले संयोजनको भुमिका निर्वाह गरिरहेको छ भने आर्थिक संयोजकको रुपमा शेर्पा किदुग अमेरिकाका निवर्तमान अध्यक्ष दावा जाङबु शेर्पालाई आर्थिक संयोजक र वेल्जिय किदुगको अध्यक्ष आङ दोर्जी शेर्पा सोनामलाई सहसंयोजकको जिम्मेवारी दिएको छ भने सम्मेलनको सदस्य सचिवमा शेर्पा किदुग अमेरिकाको नेतृत्व परिवर्तनसंगै किदुगको प्रबक्ता पेम्बा गेलु शेर्पालाई जिम्मेवारी दिएको छ भने प्रचारप्रसार समिति तथा मिडिया कोर्डिनेटरको रुपमा आङछिरिङ शेर्पालाई संयोजक र युरोप शेर्पा संघको महासचिव पेम्बा गेलु शेर्पालाई सहकोर्डिनेटरको रुपमा राखेर तयारी गरिरहेको छ । सम्मेलनकै लागि स्मारिका प्रकाशन गर्न लागेकोले सम्बन्धीत सवैमा लेख रचना र विज्ञापनको लागी अनुरोध गरि सकेका छौ । यसको लागी सवैको सहयोगको अपेक्षा पनि गरिरहेका छौ ।

यस पटकको सम्मेलनमा प्रतिनिधिहरुको उपस्थिति कस्तो हुन्छ

अहिलेसम्म विश्वमा शेर्पा किदुग भनेर गठन भएको २४-२५ वटा भएपनि अझै पनि कतिपय मुलुकहरुमा गठनको प्रक्रियामा रहेको छ । यो सम्मेलनमा विश्वका विभिन्न १५ देखि २० राष्ट्रमा रहेका शेर्पा किदुग तथा संघ सस्थाहरुको प्रतिनिधिहरु उपस्थिति हुने भएको छ ।  त्यस्तै नेपाल शेर्पा संघको सल्लाहकार लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला शेर्पा संघका प्रतिनिधिहरु 2 जना (हरेक जिल्लाबाट), त्यस्तै काठमाडौमा रहेका शेर्पा संघको भातृ संघ सस्थाहरुबाट ५ जना (हरेक संघ सस्थाहरुबाट), काठमाडौमा रहेका विभिन्न जिल्ला तथा गाउको किदुगहरुबाट ३ जना (हरेक किदुगहरुबाट) , धर्म गुरुहरु, सञ्चारकर्मिहरु कलाकारहरु र अन्य बिशेष बुद्धिजीविहरु, ब्यब्शायीहरु लगाएत २५० देखि ३०० सम्मको हाराहारीमा प्रतिनिधिहरुको उपस्थिति हुने भएको छ ।

दुई दिने सम्मेलनको कसरी हुदैछ ?  

पहिलो दिनको कार्यक्रम प्रधानमन्त्रिबाट सम्मेलनको उदघाटन गरिने भएको छ भने त्यही दिन बेलुकी सास्कृतिक कार्यक्रम सहित रात्रीभोज हुने छ  । त्यसको भोलिपल्ट दोश्रो दिन शेर्पा गुम्बा (शेर्पा सेवा केन्द्र) को हलमा विभिन्न विषयहरुमा सम्बन्धीत क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरि कार्यशाला गोष्ठि गरिने छ । विशेषत यो दोश्रो दिनको सम्मेलनले हाम्रो समाजमा धर्म  सस्कृति र परम्परामा देखिदै आएको विकृति र विसंगतिहरुलाई कसरी निरुत्साहीत गर्ने, देशविदेशमा लगानीको अवसर कसरी सृजना गर्ने र मातृभुमी नेपालमा शेर्पा लगायत अन्य समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि व्यापाक छलफल गरिने छ । समग्रमा देश विदेशमा शेर्पा समुदायले आफनो भाषा, धर्म सस्कृतिको संरक्षणमा कसरी टेवा पुर्‍याउन सकिन्छ भन्ने बारेमा ब्यापक छलफल गरि सम्मेलनको अन्तमा घोषणा पत्र जारी गरिने छ । त्यस्तै तदर्थ समितिले तयार पारेको मस्यौदा विधानलाई छलफल गरि आवश्याक परिमार्जन सहित पारित गरि विश्व शेर्पा संघ शेर्पा गठन गरिने छ ।

तपाईको नेतृत्वमा खरिद गरेको नेपाल शेर्पा शेर्पा संघको भवनको बारेमा केही बताइदिनु हुन्छ की ?

नेपाल शेर्पा संघ सम्पुर्ण शेर्पा समुदायको एक मात्र राष्ट्रिय साझा सस्था भइकना पनि विगत २७ वर्षदेखि हालसम्म भाडाको घरमा कार्यालय सञ्चालन गदै आएको थियो । यही कुरालाई मध्यनजर राख्दै नेपाल शेर्पा संघको पाचौ राष्ट्रिय महाधिबेसनबाट चयन भएको त्यस कार्यसमितिले आफनै कार्यकालमा संघको आफनै भवन बनाउने प्रतिबद्धता जनाए अनुसार हामीले काठमाडौको जोरपाटी नजिकको नारायणटारमा १ रोपनी २ आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा बनेको ११ हजार वर्गफिट क्षेत्रफलको पक्की घर ४ करोड ६५ लाख खरिद गर्ने निर्णय गरे अनुसार हामीले रु १ करोड बैना समेत गरिसकेको छौ ।

यो भवनको लागी रकम कसरी संकलन गदै हुनुहुन्छ र कहिलेसम्म संघको नाममा स्वमित्वमा लिने योजना हो

अब घर र जग्गाको पास गर्ने खर्च तथा कार्यालय सुचारुपमा सञ्चालन गर्नका लागी आवश्याक मर्मत संभारको लागी समेत गर्दा करिब रु ५ करोड आवश्याक पर्ने देखिन्छ । माथि उल्लेख गरे अनुसार नेपाल शेर्पा संघको सल्लाहकार तथा कार्यसमितिबाट रु १ करोड सहयोग उठाई बैना समेत दिइसकेका छौ । बाकी रकमका लागि नेपालमै रहनु भएका शेर्पा समुदाय माझ संकलन गर्नका लागि विभिन्न जिल्लाको संयोजक तोकि आ-आफना जिल्लामा रहेका समुदायबाट रकम संकलन गर्ने कार्य जारी रहेको छ । साथै विदेशमा रहनु भएका शेर्पा किदुग तथा संघसस्थाहरु मार्फत सम्बन्धित देशमा रहुनु भएका शेर्पा समुदायबाट रकम संकलनका लागि अनुरोध गरेका छौ । जस अनुसार हालसम्म करिब थप २ करोड रुपैया उठीसकेको छ भने सम्पूर्ण रकम २०७४ असोज मसान्त (October 17, 2017) बुझाई शेर्पा संघको नाममा पास गर्नु पर्ने सम्झौता भएको छ । अझै नपुग २ करोड रुपैया उठाउन बाकी भएको हुदा सहयोग गर्न बाकी रहनु भएका शेर्पा दाजुभाई दिदीबहिनीहरुलाइ सक्दो आर्थिक सहयोग गर्नु भइ यो ऐतिहासिक कार्य सफल पार्न हार्दिक अनुरोध  समेत गर्दछु

सम्बन्धित समाचार