फिफनामा रानामगरको नेतृत्वमा नया कार्यसमिति

January 29, 2018

आदिवासी जनजाति महासंघ अमेरिका ( फिफना ) को छैठौं महाधिवेसनले अध्यक्षमा मानबहादुर राना मगर र महासचिवमा प्रेम गुरुङ निर्वाचित गरेको छ । अधिबेसनमा दुई पद बाहेक अन्य पदहरु सबै निर्विरोध निर्वाचित भएका छन । निर्वाचनमा अध्यक्षमा मानराणा मगर र मणि वाङदेल राई वीच र महासचिवमा प्रेम गुरुङ र विनिता तामाङ वीच निर्वाचन भएको थियो । कार्यसमितिको बरिष्ठ उपाध्याक्षमा राजकुमार विष्ट, उपाध्याक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या, कोषाध्याक्षमा विजयमानसिंह र सदस्यहरुमा जयविर गुरुङ र फुर्वा लामा हृयोल्मो निर्विरोध निर्वाचित भएको छ । निर्वाचित पदाधिकारीहरुले निर्वाचन आयुक्त भरत लामाबाट सपथ लिएका थिए । एक महिना अघि सदस्यता वितरणको सम्बन्धमा भएको विवादको कारण निर्वाचन हुन नसकेको फिफनाको अधिबेसन आइतबार सम्पन्न भएको हो ।

सम्बन्धित समाचार