फ्लोयडको हत्या आरोपी प्रहरीलाई श्रीमतीले छाडिन्

June 4, 2020

न्युयोर्क । एक जना निशस्त्र अश्वेत नागरिकको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका अमेरिकाकाे मिनियापोलिसका प्रहरी अधिकृत डेरेक चाउभिनकी श्रीमतीले छोडपत्र तथा थर फेर्नका लागि निवेदन दिएकी छन् ।

श्रीमती केिलन चाउभीनले छोडपत्रको निवेदनका साथ थर फेर्न र सम्पति बाँडफाँडका लागि पनि निवेदन दिएकी हुन् । सीएनएनले िदएको समाचार अनुसार डेरेकलाई ति अश्वेत नागरिक जर्ज फ्लोइडलाई हिरासतमा लिए पछि हत्या गरेको अभियोगमा थर्ड डिग्री मर्डर र सेकण्ड डिग्री म्यानसल्टरको अभियोग लगाएर हिरासतमा लिनु अघिल्लो दिन केलिनले छोडपत्रका लागि निवेदन दिएकी थिइन् ।

उनीहरु सन् २०१० मा बिहे गरेपछि मिनिसोटामा सँगै बस्दै आएका थिए । उनीहरुको बैबाहिक जीवन दश वर्ष पुगेको छ ।

यद्यपी केलिनले चाउभीन थर फेरेर के राख्न चाहेको भने उल्लेख गरेका छैनन् । िबहे गर्नु अघि उनी केलिन थाओ र केलिन सियाङको रुपमा चिनिन्थिन् । उनले भएभरका सम्पतिमा पनि समन्यायिक बाँडफाँडको माग गरेकी छन् । त्यसमा घरजग्गा गाडीहरु तथा बै‌कमा रहेको माैजदात समेत पर्नेछन् ।

सीएनएनका अनुसार केलिन लाओसमा जन्मेकी हुन् । पछि परिवारसँगै शरणार्थीको रुपमा अमेिरकाकाे विसकान्सिन सरेकी थिइन् । सन् २०१८ मा प्रकाशित उनको प्रोफाइल अनुसार अघिल्लो श्रीमान्बाट उनका दुई सन्तान् छन् ।

पायोनियर प्रेसका अनुसार केलिनको डेरेकसँगको भेट उनी काम गर्ने मेडिकल स्टोरमा भएको हो । जहाँ डेरेक जेल लानु अघि अभियुक्तहरुलाई स्वास्थ्य जाँचका लागि ल्याउने गर्दथे । सन् २०१८मा केलिन मिसेस् मिनिसोटा बनेकी िथइन् । यो मिनिसोटाका िववाहित महिलाहरुबीचको प्रतिस्पर्धा हो ।

उनी अमेिरका प्रवासमा रहेका पूर्वी एशियाली महिलाहरु तथा जनवारको सुरक्षा सम्बन्धी काम गर्ने संस्थामा स्वयंसेवीका रुपमा काम गर्छिन् । उनको वकिलका अनुसार आफ्नो पति डेरेकका कारण फ्लोयडको ज्यान गएकोमा दुखी छिन् र उनले सहानुभूती ब्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार