बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

June 1, 2020

बाॅके बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५९९५ नम्बरको हायस गाडी रोकिराखेकोबा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुरवलीले जानकारी दिएका छन्

वलीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममामृत्यु भएको हो राप्तीसोनारी गाउँपालिका ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको उनीहरुको सनाखतकोकाम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए

सम्बन्धित समाचार