बेल्जियमका सक्रिय समाजसेवि आङमायाले दिए महासचिवमा उम्मेद्धवर

August 30, 2017

बेल्जियम – एनआरएन एनसिसि बेल्जियमको आगामी निर्वाचनमा लोक दाहालको प्यानलमा सक्रिय समाजसेवी तथा व्यवसायी आङ माया लामाले महासचिव पदमा उम्मेद्धवरी दिएकी छिन । उनी यस अघिको कार्यकालमा कोषाध्याक्ष पदमा रही पारदर्सि ढंगबाट सस्थामा महत्वपुर्ण कार्य गरि एनआरएन वेल्जियमलाई माथि उठाउनमा महत्वपुर्ण योगदान पुर्‍याएकी छिन । उनी यतिखेर वेल्जिमको नेपाली समाजमा निकै सक्रिय महिलाको रुपमा चिनिन्छ ।

रामेछाप जिल्लामा जन्मेको आङमाया काठमाडौमा उच्च अध्ययनसंगै सन १९९५ देखि वेल्जियमा व्यवसाय गदै नेपाली समाजमा महत्वपुर्ण योगदान पुर्‍याउदै आएकी छिन । सन २००३ सालमा वेल्जियममा एनआरएन स्थापना भएदेखिन एनआरएनमा उनी सक्रिय एनआरएन अभियान्तको रुपमा चिनिएको छ । ‘ एनआरएनमा काम गदै जादा पाएको अनुभवसंगै अब यहाको नेपाली समाजलाई सहयोग गर्नुको साथै यही जन्मेको बालबालिकालाई नेपाली भाषा सिकाउनको लागी पाठशाला खोल्ने मेरो योजना हो ‘ आङ मायाले भने-‘ वेल्जियममा सवै जात, धर्म र सस्कृतिलाई एकता हुने गरि रचनात्माक कार्य गर्ने हाम्रो मुख्य लक्ष्य भएकोले यो निर्वाचनमा तपाईहरुको सहयोगको आशा गरेकी छु’ ।

उनी एनआरएनको कोषाध्याक्ष हुदा वेल्जियमको नेपाली खेलाडीहरुलाई, विभिन्न सामाजिक सस्थाहरुलाई आर्थिक सहयोग गर्नुको साथै बाढिपिडितलाई आर्थिक सहयोग गरेकी थिइन । यसको साथै उनीले नेपाली कला सस्कृति झर्गेनाका लागी  बेला बेलामा पहल गरिरहेकी छिन ।

सम्बन्धित समाचार