बोलिभियाका राष्ट्रपति मोरालेसलाई मेक्सिकोले राजनीतिक शरण दिने

November 12, 2019

मेक्सिको सिटी– बोलिभियाको राष्ट्रपतिबाट राजीनामाको घोषणा गरेका इभो मोरालेसलाई मेक्सिकोले राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने भएको छ ।

मेक्सिकोको विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिने जनाएको हो । ‘मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र इमान्दारिता प्रदर्शन गर्दै बोलिभियाली नेतालाई शरण दिने निर्णय सोमबार सरकारले गरेको हो,’ मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमा भने ।

विदेशमन्त्री एब्राडले शरण दिने कुरा बारे बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यहरूका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइने बताए ।

तीन सातादेखिको हिंसात्मक प्रदर्शनप्रति राष्ट्रपतिका कदमलाई सेना र प्रहरीले समर्थन नगर्ने घोषणापछि उनले आइतबार राजीनामा गरेका थिए । मोरालेसको सन् २०२० को जनवरीमा कार्यकाल सकिने भए पनि बोलिभियाली सेनाले राजीनामा दिन लगाएको थियो ।

सम्बन्धित समाचार