भारतमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो, एकजनाको मृत्यु

March 12, 2020

नयाँ दिल्ली (एजेन्सी)– भारतमा नोभेल कोरोना भाइरस (कोभिड-१९) बाट एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

कोरोना संक्रमणका कारण भारतको कर्नाटकमा बुधबार राति ६९ वर्षीय एक पुरुषको मृत्यु भएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ७३ पुगेको पुष्टि गरेको हो ।

कोरोना भाइरसबाट दिल्लीमा ६ जना, हरियाणामा १४ जना, केरलामा १७ जना, राजस्थानमा तीन जना, तेलंगानामा एकजना, उत्तर प्रदेशमा ११ जना, लद्दाखमा तीनजना, तमिल नाडुमा एकजना, जम्मुकाश्‍मीरमा एकजना, पञ्‍जाबमा एकजना, कर्नाटकमा चारजना र महाराष्ट्रमा ११ जना संक्रमित भएका छन् ।

संक्रमित भएकामध्ये ५६ जना भारतीय र अन्य १७ जना विभिन्‍न मुलुकका नागरिक भएको बताइएको छ ।

भारतका विभिन्‍न विमानस्थलमा १० लाख ५७ हजार ५०६ जनालाई कोरोना स्क्रिनिङ गरिएको बताइएको छ ।

सम्बन्धित समाचार