भारतमा डाक्टरलाई बलात्कारपछि जलाउने ४ जना इन्काउन्टरमा मारिए

December 6, 2019

भारतको हैदराबादमा भएको सामूहिक बलात्कारका ४ आरोपीलाई भारतीय प्रहरीले गोली हानेर मारेको छ । बिहीबार उनीहरु नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा मारिएका हुन् ।

प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।

गत २७ नोभेम्बरको रातमा हैदराबादमा एक महिला डाक्टरलाई चार जनाले सामूहिक बलात्कारपछि जलाएर मारेका थिए । उनको जलेको शव बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो । ती महिलाको स्कुटर पञ्चर गराएर बलात्कारीहरूले उनलाई पञ्जामा पारका थिए ।

उक्त घटनामा प्रहरीले चार आरोपीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । त्यसपछि हैदरावाद प्रहरीले हिरासतको माग गर्दा आरोपीहरूलाई सात दिन प्रहरी हिरासतमा पठाइएको थियो । हिरासतबाटै उनीहरूलाई प्रहरीले घटनास्थलमा लगेर हत्या गरेको हो ।

सम्बन्धित समाचार