महापुराणमा मञ्चले दिए १ करोड ११ लाख १ सय ११ रुपिया

August 28, 2017


न्युयोर्क- रिज्युउडमा निर्माण हुन लागेको दुर्गा मन्दिर तथा सामुदयिक भवन निर्माणको लागी महापुराण लगाएको पाचौ दिन प्रवासी नेपाली मञ्चले सबैभन्द धेरै १ लाख ११ हजार १ सय ११ दान गरेको छ । उक्त रकमको नमुना चेक मञ्चका महासचिव राधाकृष्ण देउजा, पुर्व अध्यक्ष सन्जय थापा, प्रतिनिधि प्रदिप श्रेष्ठ लगायतले रिज्युउड सोसाइटीका अध्यक्ष रवि कोइरालालाई हस्तन्तरण गरेका छन ।

आयोजक रिज्युउड सोसाइटीले महापुराणबाट यो समेत गरि अहिलेसम्म ६ लाख ७४ हजार ४ सय २२ दान प्राप्त भएको महासचिव भुवनेश्वर अधिकारीले बताए । उनका अनुसार महापुराण सुरु भएदेखिको पाचौ दिन धेरै दान दिने मञ्चले दुई वर्ष भित्र सबै रकम चुक्ता गरिसक्ने भनी दिएको महासचिव अधिकारीले जानकारी दिएको छ । उनका अनुसार मञ्चपछि धेरै दान दिनेहरुमा राजेश भट्टा ७५ हजार, सुमन शाह ५१ हजार, मोहन ज्ञवाली ५० हजार रहेका छन । एक हप्ताको लागी आयोजना भएको महापुराण यही मगलबार सकिने भएको छ । ‘ अहिलेसम्म दान गर्नेहरुले दिनु भएको सहयोगले अब हामी मन्दिर र सामुदायिक भवन बनाउन सक्षम भएको छौ’ महासचिव अधिकारीले भने ‘ अझै पनि यो दुई दिन हामीले थप सहयोगको आशा गरेका छौ’ ।

सम्बन्धित समाचार